समाचार

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

गलकोट । बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई… पुरा पढौ

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

ढोरपाटन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ । आर्थिक… पुरा पढौ

चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । एक सय १६… पुरा पढौ

महको पकेट क्षेत्र बन्दै पोखराको अर्मला

गण्डकी । पोखरा महानगरपालिका–१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ । बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसान मौरीपालनतर्पm आकर्षक भएका हुन् । रु तेईस लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड हुने

कास्की । पोखरामा नेपाल—चीन अन्तर्राष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल नाराका साथ यही मङ्सिर ९ गते हुने प्रतियोगितामा सामूहिक विधामा नेपाल र चीनका १०र१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छ सय खेलाडी सहभागी हुने जनाइएको छ । पोखराको पर्यटन प्रबद्र्धन गर्दै खेलकुद सहरका रुपमा स्थापित गर्न गर्ने उद्देश्यले नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस्… पुरा पढौ

छठ पर्व उल्लासपूर्वक मनाइँदै

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू… पुरा पढौ

पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा

गण्डकी । ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो । यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूूर्यकुमार सारू मगरले जानकारी दिए । टोलीले साइकल यात्रा गर्दै… पुरा पढौ

‘सुदर्शन कपिला सिरपा’ नेवाः खलः कास्कीलाई प्रदान गरिने

पोखरा । नेपाल संवत ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई सम्मान गरिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक बढीदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका सदस्य तथा सल्लाहकारहरुलाई जानकारी गराएको हो । आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोहकाविच पुरस्कार तथा सम्मान अर्पण गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । सम्मानको राशी नगद रु. २ लाख रहेको छ… पुरा पढौ

‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार’ को तयारी तिव्र

पोखरा । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । खेलाडी तथा प्रशिक्षक को प्राविधिक ज्ञानको बृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकास संगै दक्षिण एसियाको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रर्वद्धन गर्ने, तेक्वान्दो आईटीएफ़ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ यही मंसिर ८ देखि ९ गतेसम्म बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समितिका संयोजक घमबहादुर थापाले जानकारी दिए । उनका अनुसार नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश… पुरा पढौ

बन्दीपुर र मानुङकोटमा पर्यटकले भरिभराउ, बन्दीपुरमा २६ देशका पर्यटकले गरे अवलोकन

मङ्सिर २ तनहुँ । चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताए । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताए । प्रधानले भने, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दैछ ।” बन्दीपुरमा दसैँ सुरु भएदेखि नै पर्यटकको चहलपहल बढेको… पुरा पढौ