समाचार

रास्वपा आजदेखि घरदैलो अभियानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उनले जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।… पुरा पढौ

सर्भेयस सोसाइटी कास्कीमा इन्जिनियर लामिछाने

सर्भेयस सेवा मा कार्यरत प्राविधिकहरु को संस्था सर्भेयस सोसाइटी कास्कीको अध्यक्षमा इन्जिनियर दिनेस लामिछाने चयन भएका छन् । सो समितिको उपाध्यक्ष झलकनाथ गौतम, सचिव इन्जिनियर शोभा आर्चय, सहसचिव शिवशोभा खड्का, कोषाअध्यक्ष ऋषि थापा, सदस्यहरुमा रविन भट्टराई , नारायण भण्डारी , बलराम घिमिरे , बसन्त केशब भण्डारी , दिवाकर सुवेदी , सिता कार्की ,विश्वमणी अधिकारी , बिष्णु प्रसाद अधिकारी रहेका छन् । २०७६ मा स्थापीत संस्थाले जग्गाको नापी नक्सा व्यवस्थापन सम्बन्धी दक्ष जनशत्ति निमार्ण,तालिम सहित सामाजिक कार्यहरु गदै आएको अध्यक्ष दिनेस… पुरा पढौ

छिमेकीलाई आँसी प्रहार गरेर हत्या गर्न खोजेको आरोपमा कास्कीका विक पक्राउ

पोखरा, मंसिर २ कास्कीका जुमकाजी विक ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका छन् । छिमेकीलाई गत कात्तिक २७ गते धारिलो हतियार (आँसी) प्रहार गरेर घाइते बनाएको आरोपमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ निवासी विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो । विकले छिमेकी श्रीराम देवकोटालाई आँसी प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । विकले देवकोटाको घरमै गएर हत्या गर्ने प्रयास गरेको प्रहरीको भनाई छ । घाईते देवकोटालाई प्रहरीले उद्धार गरेर उपचारका लागि आफन्तको… पुरा पढौ

कामको गति बढाउन उर्जामन्त्री बस्नेतको निर्देशन

मङ्सिर १ काठमाण्डौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् । नेपालीका महत्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उनले निर्देशन दिए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका आज आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकलाई सम्बोधन गर्दैै उनले चालु आर्थिक वर्षको चार महिना पूरा भएको सन्दर्भमा हालसम्म भए गरेका काम कारबाहीको विस्तृत विवरण प्रस्तुत गर्न र कामलाई पूर्णरुपमा गति दिन उनले आग्रह गरे । कार्यसम्पादनको क्रममा… पुरा पढौ

प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

मङ्सिर १ दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् । तनहुँको आँबुखैरेनी अस्पतालको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पु¥याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न ।” प्रधानमन्त्री प्रचण्डले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे । उनले भने, “सङ्घीयताको बारेमा अरुले भन्दा मैले… पुरा पढौ

नेपाल एयरलाइन्सलाई उत्कृष्ट अन्तर्राष्ट्रिय एयरलाइन्स सम्मान

मंसिर १ काठमाण्डौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो । निगमका अनुसार गत कात्तिक ३० गते (नोभेम्बर १५) मा भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । निगमका कार्यकारी… पुरा पढौ

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ । सरकारको उक्त निर्णयपछि… पुरा पढौ

चिसोका कारण दुई भुकम्पपिडितको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका,… पुरा पढौ

एभरेस्ट एफएमले मंसिर ९ गते शनिवार रक्तदान कार्यक्रम गर्ने

पोखरा । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले यहि मंसिर ९ गते शनिबार रक्तदान कार्यत्रम गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्न लागेको हो । बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका कारण अन्य संघसंस्थाले नियमित रक्तदान नगर्दा पोखरामा रगतको अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गर्न लागेको रेडियोले जनाएको छ । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न… पुरा पढौ

प्राडा बुद्धि थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई राष्ट्रिय स्वास्थ्य पुरस्कार

पोखरा । नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्धारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको… पुरा पढौ