समाचार

व्यावहारिक राजनीतिका नाममा सिद्धान्त छाड्न हुँदैन : कांग्रेस वरिष्ठ नेता कोइराला

कार्तिक १५ पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा कोइरालाले भने “सिद्धान्तहिन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ । आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ ।” नेता कोइरालाले कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख… पुरा पढौ

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

कार्तिक १५ काठमाण्डौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ । सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताएको लण्डनस्थित नेपाली राजदूतावासले… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खानेबस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रुपमा विकास हुुन थालेको छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसार र पूूर्वाधार निर्माणसँगै पर्यटक आउन थालेका बताए । “यहाँसम्म आउने सडक, पदमार्ग र होटलको सुविधा भएपछि पर्यटकको चहलपहल बढेको छ”, पुर्जाले भने, “आलडाँडा अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बीच बाटोमा पर्ने भएकाले पनि… पुरा पढौ

विकासानन्द फाउन्डेसनले कार्तिक १८ गते पोखरामा योग साधना कार्यक्रम गर्ने

पोखरा । ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ’ भन्ने मूलनारा आत्मसात गर्दै विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीले योग साधना कार्यक्रम गर्ने भएको छ ।कार्यक्रम कात्तिक १८ गते पोखरा १२ शीतलादेवीस्थित एस आर केसी बैंक्युटमा हुनेछ । कार्यक्रम बिहान ७ बजेदेखि सांझ ६ बजेसम्म जारी रहने बताइएको छ ।कार्यक्रममा डा। योगी विकासानन्दद्वारा ज्ञानयोग, योग, ध्यान, साधनााका साथै शक्तिपात एवं आध्यात्मिक प्रवचन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।फाउन्डेसनका कास्की अध्यक्ष धना पुनले बढ्दो तनाव, दुर्व्यसन तथा असफलताबाट मुक्तिका लागि… पुरा पढौ

खेल र पत्रकारिताको क्षेत्र व्यापारीकरण होईन,व्यवसायीक हुनुपर्छ:मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पर्छ’ उनले भनिन् । खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायीक रुपमा भने… पुरा पढौ

शेयर बजारको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको… पुरा पढौ

एक सय ९५ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्

अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि ती स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डिपिआर पेस नगर्दा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताए । सरकारले… पुरा पढौ

एक सय ९५ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्

काठमाडौँ । अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि ती स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डिपिआर पेस नगर्दा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताए।… पुरा पढौ

पर्यटन मार्गले बदल्यो उत्तरी गोरखाको स्याला गाउँ

गोरखा । गोरखाको उत्तरी भागमा रहेको चुमनुर्बी गाउँपालिका–२ मा पर्छ स्याला गाउँ । पर्यटन मार्ग सञ्चालन भएपछि स्याला गाउँ बदलिएको छ । आजभन्दा १२ वर्षअगाडि स्याला गाउँमा तीते फापर र कोदो फलाउने स्थानीयहरूले हाल होटल व्यवसाय सञ्चालन गरेर आर्थिक आयआर्जन गरिरहेका छन् । हाल उत्तरी गोरखाको लार्केपास पुग्न गोरखाको माछिखोलाबाट पैदलयात्रा गर्नुपर्ने हुन्छ । विस्तारै हिँड्ने हो भने चार दिनपछि स्यालागाउँ पुगिन्छ । स्याँलागाउँबाट चारैतिर हिमाल देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक एक रात स्यालागाउँमा बास बसेर सामागाउँ पुग्छन् ।… पुरा पढौ

अझै सम्पन्न भएन अजुवा खोला मोटरेबल पुल

गोरखा । गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो । विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न… पुरा पढौ