समाचार

आठौं पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे

असोज २१ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० लाई सहयोग गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताएका हुन् । मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न नहुन तर यस बर्ष हटेकोमा आश्चार्य मान्दै आगामी आठौं संस्करणको उक्त अवार्डको लागि अघिल्ला बर्षको जस्तै गरी सहयोग गर्ने वचन दिएका हुन् । मञ्चका अध्यक्ष दीननाथ बरालले… पुरा पढौ

पोखरामा असोजको अन्तिम साता दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल हुने

पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता हुने भएको छ । पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठकमा खेलकुदको संस्थागत विकासका लागि जोड

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ । परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरु गरि सम्पन्न भएको हो । परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधि संगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित गरेको छ । बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८०… पुरा पढौ

‘कृषिलाई माथि उकास्न बिचौलिया लखेटौं’

पोखरा, असोज २२ नेपाल कृषि प्रधान देश हो । नेपालका करीब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् । तर कृषिमा लागेका किसान भने आफूलाई किसान भन्न हिच्किचाउँछन् । उनीहरु आफूलाई कृषक भनेर चिनाउन चाहँदैनन् अर्थात शीर ठाडो पारेर किसान हुँ भन्न सक्दैनन् । कारण हो कृषकप्रति आम मान्छेको धारणा सकारात्मक नहुनु, किसानलाई उचित सम्मान नगर्नु, कृषिबाट भएको आम्दानीले सहजै जीवनयापन नचल्नुलगायत । त्यतिमात्र होईन किसानका नाममा झोले किसानले मच्चाएको आतंक, राज्यले गर्ने विभेदलगायतका कारणपनि आफूहरु किसान भनेर चिनिन नचाहेको पोखरामा… पुरा पढौ

विद्यालय शिक्षा विधेयकमा अखिल क्रान्तिकारीले जनायो आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)ले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८०का विषयमा १३ बुँदे धारणा सार्बजनिक गरेको छ । सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनको १३ बुँदे धारणा सार्बजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हक विपरीत रहेकोले अफूहरुलाई अमान्य भएको बताएकी छन् । हालै शिक्षकहरुले आन्दोलन गरिसकेपछि सरकारले मौलिकहक विपरित हुनेगरेर सहमति गरेकोमा आपत्ति जनाउँदै सहमतिका कतिपय विषय कार्यान्वयन गर्न नहुने उनको जिकिर छ । सिंहले विद्यालयका शिक्षक सतप्रतिशत खुल्ला प्रतिष्पर्धाका… पुरा पढौ

अरुणको शतकसंगै साँग्रिला फाइनलमा: अर्को सेमिमा आर.के. र कास्की क्लव भिड्ने

पोखरा । अरुण अधिकारीको शतकिय पारीमा जित निकाल्दै साँग्रिला क्रिकेट क्लव पोखरामा जारी महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको सेमिफाइनलमा साँग्रिलाले अरण्यज्योती क्रिकेट क्लवमाथि ६९ रनको जित निकालेको हो । पहिला व्याटिङ गरेको साँग्रिलाले १ सय ९२ रनको ठूलो योगफल तयार पार्दा अरुणले ६९ बलमा १०० रन बनाए । विपिन खत्रीले १४ बलमा ३३ हाने । अरण्यज्योतीका सन्तोष सर्माले २ तथा मुकेश गुप्ता र दिवस गिरीले १÷१ विकेट लिए ।… पुरा पढौ

‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकि छिन । विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताइन । “आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर… पुरा पढौ

स्याङ्जाको एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु। पाँच करोड भित्रिने गरेको छ ।गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए । कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो… पुरा पढौ

पर्यटक कुरिरहेको बेगनास

शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनए। “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !”, पाण्डेले भन्नुभयो, “मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।” शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए। बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । “भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा… पुरा पढौ

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन । आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका हुन । बैठकमा सोही… पुरा पढौ