समाचार

पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प हुदा विरामी मर्कामा

गण्डकी । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ गण्डकीले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो । गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताए। आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका… पुरा पढौ

सुरक्षा पालुवाको अध्यक्षमा पुनः टुल्कनाथ

पोखरा । सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा एवम् दास्रोे अधिवेशनले पुनः टुल्कनाथ आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा यज्ञप्रसाद आचार्य, सचिवमा दीपक बानिया, सह सचिवमा शान्ता देवी अधिकारी र कोषाध्यक्षमा पानादत्त पौडेल रहेका छन्। त्यस्तै सदस्यहरूमा गोपिराज तिवारी, श्रीराम दहाल, देवमणि भण्डारी, रामप्रसाद पौडेल, इन्दिरा कोइराला आचार्य, सुन्दर मणि दहाल, योगराज अधिकारी, ध्रुबबहादुर थापा क्षेत्री, अञ्जु अधिकारी, गोपबहादुर बानिया रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा शुसिल पौडेल एवम्… पुरा पढौ

मगर संघ हङकङको एकताको विशेष अधिवेशन हुने

पोखरा । हङकङमा बस्ने समग्र मगर समुदायको छाता संस्था मगर संघ हङकङको एकताको विशेष अधिवेशन हुने भएको छ । विशेष एकता अधिवेशनका संयोजक राजु पुनले सामाजिक सञ्जालमार्फत् दिनुभएको जानकारी अनुसार आगामी अक्टोबर २२ तारिख २०२३ का दिन हङकङको जोर्डनमा उक्त अधिवेशन हुन लागेको हो । स्मरण रहोस्, गत १० औं अधिवेशनमा तत्कालीन समयको विधान अनुसार अध्यक्षको उम्मेदवारको योग्यतालाई लिएर विवाद भएपछि पूर्व उपाध्यक्ष हर्क राना र पूर्व सल्लाहकार हेमराज थापाको नेतृत्वमा मगर संघ दुई समूहमा विभाजित भएको थियो । मगर… पुरा पढौ

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे । उनले थपे, “हाम्रो ऐनमा उल्लेख… पुरा पढौ

सुनको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो । यसैगरि, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन । विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो । बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवसका विभिन्न कार्यक्रम भइरहेको छ । यस्तै बिहान प्रभातफेरी गरिएको छ । ललितपुरको… पुरा पढौ

डेङ्गु नियन्त्रणका लागि तनहुँका विद्यालयमा सचेतना

मनसुन सक्रिय हुँदै जाँदा डेङ्गुको प्रकोप बढ्दै जाने गर्दछ । मनसुन सकिन लाग्दासम्म तनहुँको सदरमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेङ्गुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले दैनिक रुपमा डेङ्गुका बिरामी बढेपछि पाँच स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय विद्यालयमा सचेतना जगाउन थालिएको बताए । उनले भने, “अहिले दिनानुदिन डेङ्गुका बिरामीले अस्पतालमा भरिन थालेको छ, दैनिक बिरामीको सङ्ख्या बढेको छ, अस्पतालमा जनशक्तिले… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’ तिब्बतको ल्हासामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन । गत शनिबारदेखि चीको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन। उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।… पुरा पढौ

१९औँ एसियाली खेलकुद: मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया… पुरा पढौ

ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो

ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम बनाएको छ । तर व्यवसायीले सो कानुनी व्यवस्थाविपरीत म्याग्दी नदीबाट बर्खायाममा बालुुवा उत्खनन गरेर थुपारेका थिए । तोलावाङ, पतेनी, शिवरात्रिखोला, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताबिनै बालुुवा उत्खनन भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । “अनुगमन गर्ने… पुरा पढौ