समाचार

परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन । नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन । रासस पुरा पढौ

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए । रासस पुरा पढौ

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । नेम्वाङको गएराति निधन भएको थियो । पुरा पढौ

आजको मौसम: देशभर मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । काठमाडौँसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ… पुरा पढौ

एमालेका उपाध्यक्ष नेम्वाङको निधनप्रति गण्डकी मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गरेका छन । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । रासस पुरा पढौ

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

भदौ २५ काठमाण्डौँ । म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो । यसअघि भएको… पुरा पढौ

तेजाब आक्रमण गर्ने उम्कन नपाओस् : अध्यक्ष ओली

भदौ २५ काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उनले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । उनले आगो लगाउने र तेजाब आक्रमण जस्ता अपराध गर्ने कोही पनि… पुरा पढौ

नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको छ : अर्थमन्त्री डा महत

भदौ २५ काठमाण्डौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताएका छन् । विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १०औँ जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक विचार गोष्ठीमा’ बोल्दै उनले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताए । अर्थमन्त्री डा महतले लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय… पुरा पढौ

पोखरा १५ मा वडा स्तरीय वक्तृत्वकलामा एसओएसका सचेत प्रथम

पोखरा । पोखरा वडा नं. १५ स्तरीय वक्तृत्वकला प्रतियोगितामा एसओएस स्कूलका सचेत सुवेदी प्रथम भएका छन् । यस्तै, सेन्ट मेरिजकी छात्रा आयष्मा सुवेदी द्वितीय र गोल्डेन फ्युचरकी रिजा भण्डारी तृतीय भइन् । रेन्बो एकेडेमीकी स्विकृति भण्डारी र सिद्ध माविकी मनिषा बिकले सान्त्वना स्थान प्राप्त गरे । विजेताहरुले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३/३ हजार पुरस्कार प्राप्त गरे । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शंकर ज्ञवाली, विष्णु पौडेल, खगिशरा अधिकारी रहेका थिए । राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकामा लगानी, सुनिश्चित भविष्यको… पुरा पढौ

उत्पादनलाई पर्यटनसंग जोड्यौ भने मुलुक अगाडि बढ्छ : धनराज गुरुङ

पोखरा । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको छ । तीजलाई स्थानीय उत्पादनसङ्ग जोड्ने प्रयास सह्रानिय भएको उनले उल्लेख गरे । ‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय… पुरा पढौ