पोखरा । पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाहरुले प्रभातफेरी निकालेका छन् । पृथ्वी होटल व्यवसायी समितिको आयोजना, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय तथा नेपाल पर्यटन वोर्ड गण्डकीको प्रवद्र्धनमा प्रभातफेरीसहित विविध कार्यक्रम गरिएको हो । पर्यटन दिवसको अवसरमा आयोजित प्रभातफेरी पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकबाट शुरु भई न्यूरोड, सभागृहचोकहुँदै पृथ्वीचोकमा पुगेर सरसफाई कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा सभालाई सम्बोधन गर्दै पृथ्वीचोकदेखि चाईनापुल र पोखरा बसपार्क वरपर सरसफाई गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेले जानकारी दिए…
पुरा पढौ