समाचार

मेला महोत्सवले संस्कृति संरक्षणसँगै आर्थिक गतिविधि बढाउन मद्दत मिल्छ : मन्त्री भण्डारी

असोज १ पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं लामाचौर तीज महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । महोत्सव अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालगायत विविध प्रतियोगिता प्रमुख आकर्षण रहे । ३ दिनसम्म चलेको महोत्सवको सोमबार समापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसखालका मेला महोत्सवले संस्कृति संरक्षणका साथै आर्थिक गतिविधि बढाउन मद्दत मिल्ने बताए । अन्तर महिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता दुवैमा लामाचौरकै… पुरा पढौ

नानी–सुक स्मृति पुरस्कारबाट नैनकुमार श्रेष्ठ सम्मानित

असोज १ पोखरा । यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका नैनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नानी–सुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १७ औं वार्षिकोत्सव अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गरे । म्याग्दी सदरमुकाम बेनी–७ निवासी ८१ वर्षीय श्रेष्ठ वरिष्ठ समाजसेवी एवं शिक्षासेवी हुन् । म्याग्दीको समग्र विकासमा उनको ठुलो योगदान छ । उनले म्यादी उद्योग वाणिज्य संघ तथा प्रभात प्रावि मंगला… पुरा पढौ

धम्पुस, झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ

असोज १ पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुँदै हेम्जा मिलनचोकसम्म गरिएको छ । महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले आयोजना गरेको हाइकिङमा सहभागी हुने गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए । हाइकिङमा पैदल हिँड्दै, ग्रामिण परिवेशको आनन्द लिदैं पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न… पुरा पढौ

ऐतिहासिक वाटुलेचौर तीज मेला सम्पन्न, विन्ध्यवासिनी मा.वि सम्मानित

पोखरा । परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेला सम्पन्न भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले आ आफ्ना तिज गीत तथा नृत्य प्रस्तुत गरिएको र सोही कार्यक्रममा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने थियो । मेलामा पोखरा १६ र १९ वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए । सहभागी टिमलाई प्रोत्साहन स्वरुप… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अङ्कले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ ।… पुरा पढौ

सामान्य विवादमा कुटपिट गरी साथिको हत्या

पाल्पा । स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक… पुरा पढौ

विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने

बागलुङ । विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिनेभएको हो । सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो । सम्झौता तीन वर्षपछि… पुरा पढौ

तस्करको गोदामामा भैरहवा भन्सारको छापा,२० लाख भन्दा बढिको कपडा बरामद

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ । भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार… पुरा पढौ

आठौं संस्करणको पोखरा स्पोटर््स अवार्डको तयारी सुरु

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोटर््स अवार्डको तयारी सुरु भएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप सोमबार सहारा क्लब पोखरा, सहारा यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके आमा समुह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । छलफलमा सहारा यूकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा यूकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रुपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ,… पुरा पढौ

रामपुर नगरपालिकाद्धारा दुई स्वास्थ्य चाौकीलाई एम्बुलेन्स हस्तान्तरण

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक÷एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गरे । नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै… पुरा पढौ