समाचार

हेमजा साहित्य प्रतिष्ठानमा मोतीरामको चर्चा र प्रशिक्षण

भदौ १६ पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चाका साथै गजल प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मोतीराम भट्टले नेपाली भाषा साहित्यमा दिएको योगदानको तुलना नै हुन नसक्ने बताए । ढकालले देशको विकास निर्माण बाटाघाटा, पुलपुलेसा मात्र नभएर सभ्यता र संस्कृतिको संरक्षण पनि देश निर्माणको अभिन्न अङ्ग भएको बताए । प्रतिष्ठानको रजतजयन्तीका सन्दर्भमा मोती जयन्ती सन्दर्भमा सहकार्य गर्न पाउनु प्रतिष्ठानका लागि एउटा गौरवको… पुरा पढौ

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया

भदौ १६ पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “असल श्रम समन्वय र श्रमिकका चुनौति”विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह–प्राध्यापक डा शंकर पौडेल र संगठन ब्यवस्थापन एंवम् परिचालन प्रमुख हरि बहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए । कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीले श्रमीकका समस्या समाधान गर्न युनियन सधै तत्पर रहेको भन्दै संस्थाको प्रगती… पुरा पढौ

एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : एमाले अध्यक्ष ओली

भदौ १६ लुम्बिनी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताएका छन् । उनले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उनले भने, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।” अध्यक्ष ओलीले नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने… पुरा पढौ

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए । “जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उनले भने । उनले वैदेशिक… पुरा पढौ

एनजिओ, आईएनजिओलाई कुतत्व भन्दै खनिए विप्लव : जनतामा निराशा फैलाउँदै जातीय, क्षेत्रीय, धार्मिक भड्कावमा लागेको आरोप

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव सीले विदेशीको हितमा चल्ने गैरसरकारी संस्था (एनजिओ र आईएनजिओ)हरुले जनतामा निराशा छर्दै जनतालाई भड्काईरहेको आरोप लगाएका छन् । समाजवादी मोर्चाको पोखरामा शुक्रबार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै उनले एनजिओ, आईएनजिओलाई कुतत्व र त्यसका सञ्चालकहरुलाई भरौटेको संज्ञा दिए । विदेशीहरु जो नेपाललाई स्वाधिन बनेको देख्न चाहँदैनन्,उनले भने,‘र ती विदेशी शक्तिहरुका भरौटेहरु । जो जनताको बिरुद्धमा विभिन्न गैरसरकारी संस्था (एनजिओ, आईएनजिओ खडा गरेर जनतालाई भ्रमित पार्दै हिंड्ने कुतत्वहरु । समाजलाई विघटित गर्ने,… पुरा पढौ

माओवादी गण्डकी ईञ्चार्ज भन्छन् : कमजोरी स्वीकार्दै सच्चिने प्रण गर्दैछौं

पोखरा, भदौ १६ नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पोखरा–२० मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताएका हुन् । विगतमा गल्ती कमजोरी भएकै हो,उनले भने,‘पार्टी अलमलमा परेकै हो, अलिअलि हामी नेतृत्व बिग्रिएकै हौं । हुँदाहुँदा दुई तिहाईको जनमत र… पुरा पढौ

पर्वतको जलजला गाउँपालिकामा पहिरोले सात घर विस्थापित

पर्वतको जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने… पुरा पढौ

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको… पुरा पढौ

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ । हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका… पुरा पढौ

अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक शक्ति निर्माण आवाश्यक

पोखरा । आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि क्षेत्रीय राजनीतिक निर्माणका साथै सशक्त आन्दोलन आवाश्यक रहेको बताइएको छ। आदिवासी जनजाति संघर्ष समिति गण्डकीले बुधवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रमका वक्ताहरुले अधिकार प्राप्तिका लागि आफ्नै राजनीतिक शक्ति र सशक्त आन्दोलन आवाश्यक रहेकोमा जोड दिएका हुन। कार्यक्रममा लेखक, साहित्यकार एवम राजनीतिक विष्लेषक खगेन्द्र संगौंला, राजनीतिक विष्लेषक डम्बर खतिवडा र अधिकारकर्मी वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले आदिवासी जनजाति साँस्कृतिक समुह हुदै अब राजनीतिक निर्णायक शक्ति बन्नुपर्नेमा जोड दिए। लेखक, साहित्यकार एवम… पुरा पढौ