समाचार

लाखे नाच संरक्षणमा नेवार समुदाय

दमौली । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि तनहुँका नेवार समुदाय लाखे नाच संरक्षणमा जुटेका छन् । अहिलेका पुस्ताले लाखे नाचलाई कम प्राथमिकता दिएकाले यहाँका नेवार समुदाय यसको संरक्षणमा जुटेका हुन् । संस्कार र संस्कृति बचाउने उद्देश्यसहित लाखे नाचको संरक्षणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा राष्ट्रियस्तरको लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम भयो । एकतीस समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा… पुरा पढौ

मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने

बलेवा । पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । मानसिक समस्याका कारण आत्महत्या बढेका कार्यक्रममा सहभागी १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा धौलागिरि अस्पतालका प्रतिनिधिले बताएका छन् । शतप्रतिशत खोपको मात्रा पुगेको जिल्ला बनाउने, आवश्यकताअनुसार खोप केन्द्र थप गर्नेलगायत विषय समेटेर २२ बुँदे घोषणापत्र जारी… पुरा पढौ

स्याङ्जा गल्याङ बजारको फोहर व्यवस्थापन चुनौती बन्दै

स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेकोे फोहरमा अज्ञात समुहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताए । उनका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचरप्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताए ।… पुरा पढौ

पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् । विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । सो कार्यालयका अनुसार… पुरा पढौ

मानब बेचबिखन: पाँच वर्षमा एक हजार छ सयको उद्धार

पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो । ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ… पुरा पढौ

म्याग्दी स्थित मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गरेका छन । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी लगाएका छन । छन्त्यालजस्तै यहाँ बसोबास रहेका २१ घरधुरीले नै परम्परागतरूपमा हुने कोदो, मकै, जौँ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती सुरु गरेका हुन् । चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत… पुरा पढौ

आज दर खाने दिन

नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउछन । माइती… पुरा पढौ

गोहीको आक्रमणबाट मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए । रासस पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। उनले भने, “वन मन्त्रालयसँग सम्बन्धित केही समस्या अझै समाधान भएका… पुरा पढौ

आज ‘अटवारी’ पर्व मनाइँदै

पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ । यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व मनाइन्छ । भगवान् श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन मनाइने यो पर्वपछि उक्त समुदायमा आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ… पुरा पढौ