समाचार

क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयो

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ । हिजो बुधवार क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उनको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी श्रवणकुमार विकले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

आदिवासी जनजाति संघसंस्थाहरुबिच अन्तरक्रिया कार्यक्रम हुने

साउन १० पोखरा । विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा पोखरामा आदिवासी जनजाती संघसंस्थाहरुबिच अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले फोनिज कास्कीसंगको सहकार्यमा उक्त कार्यक्रम यही साउन २३ गते गर्ने भएको हो । यहि साउन २३ गते मंगलबार पोखरामा रहेका आदिवासी जनजाति संघसंस्थाहरू बिच फोनिज गण्डकीसंगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गर्ने फोनिज कास्कीको कार्यसमिति बैठकले निर्णय गरेको हो । पोखरामा रहेका जनजाति आदिवासी संघसंस्थासँग परिचयात्मक सहित बस्तु स्थितिबारे जानकारी लिने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको… पुरा पढौ

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाण्डौं । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ द्यशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गरेकी हुन् ।… पुरा पढौ

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या भएको प्रारम्भिक निस्कर्ष

बाग्लुङ । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।… पुरा पढौ

ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाण्डौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । सिआइवीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । उक्त घटनामा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा सङ्गठितरूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी… पुरा पढौ

कोशी प्रदेश : सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाण्डौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च… पुरा पढौ

गुट–उपगुट अन्त्य गर्दै एक ढिक्का भएर जाने कांग्रेस नेताहरुको जोड

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राखे । महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गरे । उनले भने, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४… पुरा पढौ

नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित

काठमाण्डौं । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान सात चौका र सात छक्काको मद्दतमा ९० रनको योगदान… पुरा पढौ

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

साउन १० काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उनले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् । मन्त्री महतले भने, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्छ, डिपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ, कात्तिकभित्र… पुरा पढौ

“भदौ १ गते निसेलढोर जाऔँ,साँस्कृतिक कापाई नाँचसंगै रमाऔँ”

पोखरा । आउदो भदौ १ गते बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ निसेलढोरमा हुने नाखापुजा (गाउँपुजा)को भव्य तयारी भैरहेको छ । विगतका वर्षदेखि हरेक २ वर्षको अन्तरालमा हुने मेला यसवर्ष नाखापुजा व्यवस्थापन समितीको आयोजनामा भव्य रुपमा सफल बनाउनका लागि तयारी तिव्र पारिएको समितीका अध्यक्ष शान्त घर्तीमगरले जानकारी दिएका छन् । नाखापुजा मेलाको मुख्य आकर्षकका रुपमा कापाई नाँच र झाँक्रिनाँच रहेका छन् भने साथमा विभिन्न सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु समावेश गरिएका छन् । पुरुष तथा महिल भलिबल,महिला तथा पुरुष छेलो,दोहोरी गीत,लोपान्मुख… पुरा पढौ