समाचार

तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम प्रभावकारी बनेको छ । तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। केन्द्रले हालसम्म तीन लाख ५६ हजार… पुरा पढौ

पृथ्वीराजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा माओवादी केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो । मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी… पुरा पढौ

मुग्लिन पोखरा सडक विस्तार : रु. पाँच अर्ब ४२ करोड विनियोजन

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५… पुरा पढौ

गोरखाका ११ स्थानीय तहलाई चार अर्ब ५८ करोड ३७ लाख

गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले आगामी आव २०८०÷८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल रु चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजना भएको हो । दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल रु ६१ करोड ८१ लाख र पालुङटार नगरपालिकालाई रु ५७ करोड दुई लाख विनियोजना भएको छ… पुरा पढौ

गोरखाको भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले… पुरा पढौ

आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस

आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा,… पुरा पढौ

पर्यटनमा उच्च प्राथमिकता, १२ अर्ब बजेट विनियोजन

सरकारले पर्यटन क्षेत्रका लागि झण्डै १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि पर्यटन क्षेत्रमा ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर ल्याइएको बजेटमा चालु आर्थिक वर्षको भन्दा २ अर्ब ५८ करोड रुपैयाँ बजेट बढी विनियोजन भएको छ । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो । सरकार आगामी दशकलाई पर्यटन दशक घोषणा… पुरा पढौ

पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ

पोखरा । पोखरा कृषि पर्यटन सहकारी संस्थाको औपचारिक शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका विच पोखरा–१७ बिरौटामा कार्यालय रहेको सहकारीको कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वजजिसीले शुभारम्भ गरेका हुन् । उनले कृषि र पर्यटन क्षेत्रलाईसँगसँगै अगाडी बढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई कानून मार्फत नियमन गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकारीले महिलाहरुमा शिक्षा, उद्दमशीलताका क्षेत्रमा सकारात्मक परिवर्तन भएको भन्दै यसलाई दिगो बनाईराख्न सरकार सकारात्मक रहेको बताए । सहकारीका क्षेत्रमा पछिल्लो समय ठगी… पुरा पढौ

गणतन्त्र दिवस विरोध गर्दै राप्रपा कास्कीले मनायो स्थापना दिवस

पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि मागी खाने भाँडो भएको बताए । “ यो गणतन्त्र दलाल भ्रष्टहरुका लागि मागी खाने भाँडो भएको छ । काँग्रेस, एमाले र माओवादी मिलेर देश बेचिसके… पुरा पढौ

नागेश्वर महादेव मन्दिर बिकाश समिती मणीदिपमा बराल

पोखरा । श्री नागेश्वर महादेव मन्दिर बिकाश समिती, पोखरा १३ आर्वा मणीदिपको आज सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनले बिष्णु प्रसाद बरालको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा वेदनाथ अधिकारी, सचिव शिबराज बराल, सहसचिव तारा बराल तथा कोषाध्यक्षमा बिमला बस्नेत चयन भएका छन्।त्यस्तै समितिका सदस्यहरुमा माधवप्रसाद सिग्देल, कृष्ण प्रसाद अधिकारी, पदमराज बराल र रिता बराल छानिनु भएको छ। समितिमा दुई सदस्य पछि मनोनित गरिने बताईएको छ। साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३का… पुरा पढौ