समाचार

नक्कली भूटानी प्रकरणमा बयान सुरू

जेठ १२ काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ ।… पुरा पढौ

पोखरा १ का प्रमुख नाकासहित मुख्यचोकमा सिसि क्यामेरा जडान

जेठ १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ ले वडाका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेका् छ । वडा प्रवेश गर्ने चार नाका र मुख्यचोकमा वडाले सिसि क्यामेरा जडान गरेको वढा अध्यक्ष सहारा प्रधानले जानकारी दिए । वडा प्रवेश गर्ने प्रमुख नाका सिमपानि, नदिपुरस्थित प्रदेश प्रवेश गर्ने स्थान, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, हरिचोक लगायतका स्थानमा क्यामेरा जडान गरिएको अध्यक्ष प्रधानले बताए । जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुगेको अवसर पारेर वडा स्तरीय ८ लाख रुपैयाँको लागतमा क्यामेरा जडान गरिएको अध्यक्ष… पुरा पढौ

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन् । प्रधानसेनापति शर्माले भने, “युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने… पुरा पढौ

पोखराका पत्रकारहरुका लागि आर्टिफिसियल ईन्टेलीजेन्स (एआई)को प्रयोग विषयक कार्यशाला

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट -डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ? खोजपत्रकारितामा एआईका टुल्स कसरी प्रयोग गर्ने… पुरा पढौ

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड बराबरको टे«जरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको टे«जरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मको छन् ।… पुरा पढौ

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ । कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागिता रहने छ । जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध,… पुरा पढौ

हुम्लाको दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् । यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् । गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको… पुरा पढौ

एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए । प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप… पुरा पढौ

सुनको भाउओरालो लाग्दै, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । तोलामा सुन १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

पोखरामा शुक्रबारदेखि राष्ट्र संघको नमुना महासभा हुने

पोखरा । पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा शुक्रबारबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ । संस्थाका अध्यक्ष रिजन ढुंगानाले कार्यक्रममा सहभागी हुने डेलिगेट र भेन्युका सम्पूर्ण काम शुक्रबार नै पूरा भएको बताए । शुक्रबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रम १४ गतेसम्म चल्ने ढुंगानाको भनाइ छ । ‘देशभरका १५ जिल्लाबाट १ सय २०… पुरा पढौ