समाचार

एभरेस्ट म्याराथनमा सहभागि हुन भुपु खेलाडी मञ्चको टोली सोलुखुम्बुको दिम्बोचेमा

जेठ १० सोलुखुम्बु । एभरेस्ट म्याराथनमा सहभागि हुन हिँडेको नेपाल भुतपूर्वक खेलाडी मञ्चको टोली ४ हजार ४१० मिटरको उचाईमा रहेको सोलुखुम्बुको दिम्बोचे पुगेको छ । हिमेक्स नेपालको आयोजनामा यही जेठ १५ गते सोमबार हुन लागेको १९ औं संस्करणको एभरेस्ट म्याराथनमा संस्थागत सहभागिता जनाउदै मञ्चको टोली जेठ ६ गते पोखराबाट सो तर्फ प्रस्थान गरेको थियो । प्रथम पटक सगरमाथा आरोहण भएको दिन पारेर प्रत्येक वर्ष एभरेस्ट म्याराथन आयोजना हुँदै आएको छ । प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा… पुरा पढौ

प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन : सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न माग

जेठ १० काठमाण्डौं । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे । गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर फर्किएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे । उनले आफू जलनको… पुरा पढौ

सिटी रेवान पोखराले भोलि सृजनाचोकमा रक्तदान कार्यक्रम आयोजना गर्दै

पोखरा, जेठ १० पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले भोलि बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी रेवान पोखराको आयोजनामा जेठ ११ गते भोलि विहीबार पोखराको सृजनाचोकस्थित मेट्रो सिटी हस्पिटल अगाडि रक्तदान कार्यक्रम हुने सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रम विहान ७ बजेदेखि शुरु हुने अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार रक्तदान कार्यक्रम पूर्वाह्न १० बजेसम्म जारी रहनेछ । रक्तदान कार्यक्रममा जोकोहि रक्तदाताले… पुरा पढौ

भोटो देखाउने जात्राका अवसरमा भोलि सार्वजनिक बिदा

जेठ १० काठमाण्डौं । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा भोलि (बिहीबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ । रासस पुरा पढौ

असार पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ । विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ । “आगामी असार ६… पुरा पढौ

वडास्तरीय फुटबल : उपाधीका लागि पोखरा १४ र १५ भिड्ने

जेठ १० पोखरा । पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् । पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २–१ ले हरायो । दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक–एक गोल गरे । वडा नम्बर ३० का… पुरा पढौ

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

काठमाण्डौं । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ । उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ । सूचना नै… पुरा पढौ

नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ । आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात… पुरा पढौ

गल्याङ–बज्रे सडक कालोपत्रे हुँदै

साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् । गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ हजार पाँच सय २३ र सङ्घीय सरकारको रू दुई करोड गरी कुल रू. चार करोड एक लाख ९२ हजार पाँच सय २३ मा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका… पुरा पढौ

अनलाइनबाट नाबालिकालाई शोषण गर्ने पोखरा पुरनचौरका मनिष भुजेल पक्राउ

सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको… पुरा पढौ