समाचार

पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१ सत्रसयमा ट्रमा अस्पताल बनाउन माग गरिएको हो । पृथ्वीराजमार्ग अन्तर्गत यस खण्डमा दुर्घटना भइरहने भएकाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको चुमानले बताए । अस्पताल निर्माणका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । गाउँपालिकाले मार्कीचोकमा स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टर र आँबुखैरेनी अस्पतालका लागि डायलासिस सेवा… पुरा पढौ

सिटी रेवान पोखराको रक्तदानमा ४४ युनिट रगत संकलन

पोखरा, जेठ ११ पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । सिटी रेवान पोखराको वार्षिक क्यालेन्डर अनुसार पोखराको सृजनाचोकमा विहीबार विहान आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त संख्यामा रगत संकलन भएको हो । रक्तदान कार्यक्रमको रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्माले होटल व्यवसायी महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्साललाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सिटी रेवान पोखरामा आबद्ध… पुरा पढौ

रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको… पुरा पढौ

सुनचाँदीकै भाउ घट्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । साताको पाँचौँ दिन आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी… पुरा पढौ

बागलुङको धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा. अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए । “यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उनले भने । अहिले… पुरा पढौ

‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ,आगामी बजेटद्धारा समेटिन्छ’: मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेकोले यसको थप विस्तारका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री माण्डेले आज गण्डकी प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको निरिक्षणका क्रममा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडासहित पुगेका मुख्यमन्त्री पाण्डेले आपुर्ति व्यवस्थापन केन्द्रको औषधि भण्डार कक्ष, कोल्डरुम, स्वास्थ्य तालिम केन्द्रको निरीक्षण गरेका छन् । सोही क्रममा उनले प्रदेश भित्रका ११ वटा जिल्ला मध्येबाट प्रत्येक… पुरा पढौ

राप्रपा पोखरा महानगर कार्यसमितिको हर्कचोकमा पार्टी कार्यालय स्थापना

पोखरा ।राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामहानगर कार्यसमिति, कास्कीको कार्यालय बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य, गण्डकी प्रदेश सभासद् तथा राप्रपा संसदीय दलका प्रमुख सचेतक विन्दु पौडेल(पहाडी)को प्रमुख आतिथ्यतामा पोखरा–७, हर्कचोकमा समुद्घाटन गरियो । महानगर कार्य समितिका अध्यक्ष महेश्वर अचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरू जयलाल पुन, कृष्णकुमारी सुवेदी, शिव चालिसे, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय महासचिव रन्जना सेन पौडेल, राप्रपा क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, राप्रपा क्षेत्र नं. २ (ख) का अध्यक्ष देवेन्द्र किशोर… पुरा पढौ

फुटबलर श्रेष्ठ थिंकस्मार्ट कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्टर

पोखरा । थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ । आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका रुपमा सहकार्य सम्झौता गरेको हो । कन्सल्टेन्सीको तर्फबाट फुटबलर श्रेष्ठसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए । सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले फुटबलर श्रेष्ठसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त… पुरा पढौ

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

काठमाण्डौं । नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताएका हुन् । “कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण… पुरा पढौ

काभा महिला भलिबल : नेपाल उपविजेता

जेठ १० काठमाण्डौं । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ । आजको खेलमा नेपालले पहिलो सेट १२–२५… पुरा पढौ