समाचार

निर्वाचनको अभ्यास गराउदै डिज्नील्याण्डमा गठन भयो बाल क्लब र जुनियर रेडक्रस सर्कल

पोखरा । निर्वाचनको अभ्यास गराउदै डिज्नील्याण्ड एकेडेमीमा शैक्षिक सबत्र २०८० का लागि नेपाल जुनियर रेडक्रस सर्कल र डिज्नील्याण्ड बाल क्लवको नेतृत्व चयन गरिएको छ । क्षा ६ देखि १० सम्मका १८५ विद्यार्थीलाई समेटेर मतदान प्रक्रिया मार्फत नै नयाँ नेतृत्व चयन गरेको विधालयका प्रचार्य नरेश प्रसाद बरालले बताए । दुवै निवार्चन १८० विद्यार्थीले मतदान गरे भने ५ जना अनुपस्थित रहे । नेपाल जुनियर रेडक्रस सर्कल तर्फ ७१ म्त प्राप्त गर्दै कक्षा ९ की छात्रा आस्था पौडेल सभापतिमा निर्वाचित भइन । उनका… पुरा पढौ

६३ वर्षमा ५५० जनाले चढे धौलागिरि हिमाल

मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने गरेका छन् । सन् १९६० मई १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब २९ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य एक प्रतिशतले ओरालो लागेर तीन सय ४९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।… पुरा पढौ

खानेपानीको समस्या समाधान गर्दै बडिगाड गाउँपालिका

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्नु परेको थियो । अघिल्लो वर्ष नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बडिगाड गाउँपालिकाको सहकार्यमा सिसाखानी गाउँमा एक घर एक धारा बन्यो । एक घर एक धारा निर्माण भएपछि सिसाखानीवासीको वर्षौंदेखिको समस्या समाधान भएको छ । अहिले गाउँगन छेउकै धारामा प्रशस्त पानी… पुरा पढौ

करिब एक महिनाको पर्खाइपछि धवलागिरिको चुचुरोतर्फ आरोही

म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहनुभएका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका हुन् । छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उनले बताए । धवलागिरिको पहिलो, दोस्रो र… पुरा पढौ

मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि हुदै

बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ । प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई रु दुई लाख र तेस्रो हुने टोलीलाई रु एक… पुरा पढौ

शरणार्थी प्रकरण : सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन – गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, “अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन । अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार… पुरा पढौ

कास्कीमा किसानलाई प्रोत्साहनसँगै उत्पादन र उत्पादकत्वमा वृद्धि

गण्डकी । कास्कीस्थित जिल्ला सहकारी सङ्घ यतिखेर उत्पादनको सहज बजारीकरणका माध्यमबाट किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धिमा लागेको छ । पोखरा महानगरपालिका–७ शहीदचोकमा २०२६ सालमा कास्कीका सहकारी संस्थालाई कृषि सामग्री, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री सर्वसुलभ रुपमा गराउने उद्देश्यले साथ गठित सङ्घले हाल जिल्लामा गठन भएका संस्थाको विकास र प्रबद्र्धनका साथै स्थानीयस्तरमा उत्पादित दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ । सङ्घले स्थानीय दुग्ध उत्पादक सहकारी संस्थामार्फत सङ्कलित दूध सप्तगण्डकी दुग्ध उत्पादक सहकारी सङ्घसँगको सहकार्यमा लामो समयसम्म उद्योगबाट दैनिक… पुरा पढौ

१८ वर्षे किशोरद्वारा ३ जनाको हत्या

अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार अमेरिकाको न्यु मेक्सिको स्थित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ। गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ । अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ। सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी… पुरा पढौ

चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

काठमाडौ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् । प्राधिकरणका अनुसार गत वैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार गए राति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् । डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७… पुरा पढौ