समाचार

तेक्वान्दो मिनीक्विन सुस्मिता गण्डकीको नजरमा

बागलुङ जिल्ला खेलाडीहरुको उर्वर भुमिका रुपमा परिचित छ । जुन जिल्लाका विभिन्न दुरदराजमा व्यक्ति भुईमान्छेका रुपमा जन्मिन्छ । त्यहि साधारण जीवन लिएर जन्मिएको भुईमान्छे कालान्तरमा एक सर्वप्रतिष्ठित र देशकै गहनाको रुपमा स्थापित हुन्छ,त्यहि नाम हो क्रिकेटका करण केसि,भलिवलकी सोफिया पुन, रवी केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गा बहादुर सुनार लगायत दर्जनौँ खेलाडीहरु । त्यसगरि खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ खेलकुदमै लागिपरेका अर्का खेलाडीको नाम हो सुस्मिता थापामगर । उनी आईटिएफ तेक्वान्दोका खेलाडी हुन् । वि.स. २०६० सालमा… पुरा पढौ

याङ्जाकोटमा शुरु भयो बैशाख पूर्णिमा मेला

पोखरा, बैशाख २१ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा बैशाख पूर्णिमा मेला शुरु भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको मेलाको स्थानिय समाजसेवी एकानसिंह गुरुङले उद्घाटन गरे । तीन दिनसम्म चल्ने मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आफ्नै गाउँठाउँको विकासका लागि सबै जुट्नुपर्ने बताए । जन्मथलो छाडेर सहर पसेका होस् वा विदेश पुगेकालेपनि जन्मथलोको विकासमा योगदान गरे विकासले कोल्टो फेर्ने बताए । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मेलाले पर्यटन प्रवद्र्धनमा टेवा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभाको बहुमत सदस्यले पाण्डेलाई विश्वासको मत दिएका हुन् । गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मुख्यमन्त्री पाण्डेलाई ६० सदस्यीय प्रदेश सभाको बहुमत अर्थात ३५ सदस्यले विश्वासको मत दिए । उनलाई आफ्नो पार्टी नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक जनाले विश्वासको मत दिए ।… पुरा पढौ

हिमालयन एक्स्ट्राई ट्रायथलन शनिबार, २२ देशका खेलाडी पोखरामा

पोखरा । हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु–मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् । प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष… पुरा पढौ

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए। तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् । कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् भने… पुरा पढौ

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए। नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ दशमलव ९१ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विभिन्न कम्पनीका २५… पुरा पढौ

शनिवार हुने पोखरा स्पोर्ट्स अवार्डको तयारी पुरा, अवार्डको ट्रफी पनि सार्वजनिक

उत्कृष्ट संघको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई,निसिम थापालाई कीर्तिशेष सम्मान पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहिबार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो । अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर््स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट… पुरा पढौ

सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग

नेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हक हितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ । हालै भएको नवौँ महाधिवेशन र सङ्घीय कार्यसमितिको पहिलो बैठकका निर्णय पत्रकार भेटमार्फत आज सार्वजनिक गर्दै सङ्घले नेपाली शिक्षकले भोग्नुपरेका समस्या समाधानका लागि निरन्तर रुपमा सरकारसँग दबाब निर्माण गर्दा पनि शिक्षा र शिक्षकमैत्री शिक्षा ऐन जारी हुन नसकेको जनाएको छ । सङ्घका अध्यक्ष सोमनाथ गिरीले शिक्षकका माग र मुद्दा यथावत् रहेको तथा नेपाल सरकार र पेसागत सङ्गठनबीच विगतमा भएका… पुरा पढौ

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए । उनले ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपिआइ इन्ट्रिग्रेड’ गरी… पुरा पढौ