समाचार

नेपालमा अझैपनि चार प्रतिशत बालबालिका खोपबाट वञ्चित

काठमाडौ ।नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । “नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वन्चित छन्”, उनले भने ।… पुरा पढौ

चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन

बागलुङ । चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो । चिकित्सक अभावमा सामान्य प्रसूति सेवाबाहेक अन्य सेवा हुन सकेको थिएन । अहिले अस्पतालमा जटिल प्रकारको शल्यक्रियामार्फत सुत्केरी गराउन थालिएको छ । त्यसैगरी तीन महिनापछि बालरोग विशेषज्ञ आएपछि उपचार गराउन सहज भएको छ । यसैगरी नाँक, कान र घाँटी रोग विभागबाहेकका सबै विभाग… पुरा पढौ

आफन्तको नाममा हल्कारालाई   चिठ्ठी    लेख्नेलाई एक लाख पुरस्कार

काठमाण्डौ । बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले  पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ । चिठ्ठी लेखन प्रतियोगीताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार  र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।  पत्र चलनचल्तिको सेतो कागजको ए ४ साइजको… पुरा पढौ

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो । अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन ९एनएसए०अन्तर्गत पक्राउ गरिएको हो । सिंह र उनका सहयोगीहरूमाथि वर्ग विभेद फैलाएको, ज्यान मार्ने प्रयास गरेको, प्रहरीमाथि हमला, सरकारी कर्मचारीका कानुनी काममा बाधा पु¥याएको अभियोगमा फौजदारी मुद्दा चालाइएको थियो ।… पुरा पढौ

पाल्पा बस दुर्घटना : मृतकको पहिचान

पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेको छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ४० वर्षीया राधिका पौडलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घाइते सबैको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ५ जोरधारामा दुर्घटनामा परेको हो । बस सडकबाट तल… पुरा पढौ

चितवनको नयाँ किरण मावि केन्द्र र कृष्णपुर मावि केन्द्रमा मतदान रोकियो

चितवन । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र… पुरा पढौ

उपनिर्वाचन :तनहुँमा ३५ प्रतिशत मत खस्यो

तनहुँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको तयारी पुरा, सोमबारबाट सुरु हुने

पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बैशाख ११ र १२ गते सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको परिषदले जनाएको हो । सोमबार (भोली) पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् । प्रतियोगिताहरु सञ्चालनका लागि सम्वन्धित खेल संघहरुलाई जिम्मेवारी दिएको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिंदै शुरक्षाका लागि नेपाल प्रहरी गण्डकी प्रदेश, मेडिकलका… पुरा पढौ

ताकमकोतमा हनुमानको मूर्ति स्थापना

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए। “ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो”, उनले भने, “काठमाडौँबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।” मूर्ति स्थापनाका लागि धवलागिरि… पुरा पढौ

बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उनले भने। केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने… पुरा पढौ