समाचार

मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न

वैशाख ८ पोखरा । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तिहरुका लागि मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । विभिन्न क्षेत्रका गरी ४० जनाको सहभागिता रहेको उक्त अभिमूखीकरण कार्यक्रमको आयोजना राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले गरेको थियो भने समन्वय वडाले गरेको थियो । कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरे र अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले सहजीकरण गरेका थिए । दिनप्रतिदिन… पुरा पढौ

वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु

वैशाख ८ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा महिलाहरुका लागि घरेलु सेनिटरी प्याड बनाउने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणाबहादुर बानियाँले महिलाहरुको सशक्तिकरण, शिप विकास तथा क्षमता अभिबृद्धी गर्ने उद्येश्यले वडाले कार्यक्रम आयोजना गरेको बताए । तालिमका प्रशिक्षक सरस्वती अधिकारीले महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिने बताइ । उनले यो बेला पेट दुख्ने, हातखुट्टा कटकट खाने, मूड अस्थिर हुने, जिउ दुख्ने जस्ता समस्याहरु आमरुपमा देखिने हुँदा यस्तो बेलामा स्याहार र आरामको निकै… पुरा पढौ

गण्डकी सरकारको एक सय दिनको उपलब्धी के के ?……..

पोखरा, बैशाख ८ गण्डकी प्रदेश सरकारले हनिमुन पिरियडमा सरकारका सामान्य कामलाईपनि उपलब्धीका रुपमा राखेको छ । सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएर समय खेर फालेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एक सय दिने उपलब्धीमा सामान्य अनि नियमित कामलाईसमेत समावेश गरेका हुन् । आफू नेतृत्वमा सरकार बनेको दुई महिनामै अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले एक सय दिनको १४ बुँदे उपलब्धीमा मन्त्रालय संख्या घटाउनेदेखि ऐन बनाउनेसम्मका कामहरु राखेका हुन् ।… पुरा पढौ

तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो । मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दुईवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ । “तारजालीसहित मतगणनास्थल तयार गर्दैछाँै, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो… पुरा पढौ

कोरोना सङ्क्रमणबाट थप १ जनाको ज्यान गयो

देशभर पछिल्लो २४ घण्टामा थप एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना… पुरा पढौ

दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधबार नारच्याङमा फर्किएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाअध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जङ्गलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्ग परे । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ‘भुस्केट मेला’ जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस पहिलो पटक देख्दा यसको संरक्षण कसरी गर्ने होला भन्ने कुरा मनमा खेलिरहेको उनले बताए । पाँच वर्षअघि २०७५ सालमा नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलभन्दा माथिल्लो क्षेत्रमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको… पुरा पढौ

सुडान द्वन्द्वः युद्धविरामका लागि कूटनीतिक दबाब बढ्दो

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम समुदायको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाब दिइरहेका छन् ।आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानले अस्थायी युद्धविरामको आशा गरिएको छ… पुरा पढौ

विमानस्थलबाट करोडौँको सुन चोरी

टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् । कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान थालेको बताएको छ । गत सोमबार साँझ विमानबाट मालसामान उतारेपछि कार्गो गरिएको बहुमूल्य वस्तु हराएका क्षेत्रीय प्रहरी निरीक्षक स्टेफिन डुवेस्टेनले बताएका छन् । उनले अनुसन्धान थालिएको बताउँदै दोषीलाई चाँडै कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्… पुरा पढौ

पर्वतको दोविल्ला-फलेवास सडक २३ वर्षपछि कालोपत्रे

पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो । चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । विसं २०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक÷फेवा… पुरा पढौ

सर्वोच्चको फैसला नआउँदै सडक विस्तार नगर्न स्थानियको आग्रह

बागलुङ । सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् । सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरुले माग गरेका हुन् । मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । आफूहरु विकास विरोध… पुरा पढौ