समाचार

उपलब्धिको रक्षा गर्नुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको जोड

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताए। “प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो”, शुभकामना सन्देशमा उल्लेख छ । मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि… पुरा पढौ

आज इस्लाम धर्मावलम्बीको महान पर्व ईद

आज ईद, इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु… पुरा पढौ

एघारौ पोखरा महोत्सवबाट करिव १५ लाख बचत

मुस्ताङ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै गुफाको गाँउले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर युनाइटेड क्लबले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा वोल्दै प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको पोखरामा रहेको युनाइटेड क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुफै गुफाको गाँउ छोसेरमा आएर आफ्नो वार्षिकोत्सव… पुरा पढौ

गण्डकी प्रज्ञा साहित्य सम्मान महाकाव्यकार जनार्दनशरण त्रिपाठीलाई अर्पण

वैशाख ८ पोखरा । गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ बाट महाकाव्यकार जनार्दनशरण त्रिपाठी सम्मानित भएका छन् । शुक्रबार उनकै निवासमा आयोजित कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्मान अर्पण गरे । प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस बैशाख १५ गते विशेष कार्यक्रमबिच सम्मान हस्तान्तरण गर्न खोजिएको भएपनि श्रष्टा त्रिपाठीको अस्वस्थताको कारण उनको घरमा गएर पुरस्कार अर्पण गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले त्रिपाठीले साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरें । उनका सृजनाहरूले साहित्यमा महत्वपूर्ण… पुरा पढौ

बेलचौतारामा युआरएलको शाखा

वैशाख ८ पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले तनहुँको बेलचौतारामा शाखा खोलेको छ । नयाँ वर्ष २०८० को अवसरमा युआरएल शुक्लागण्डकी डाइग्नोस्टिक प्रालिको रुपमा युआरएले सेवा विस्तार गरेको हो । पोखराको न्युरोड, गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेका युआरएलको यो १४ औं शाखा हो । नयाँ शाखा सुरुआतको अवसरमा यहाँ वैशाख महिनाभर मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । वैशाख महिनाभर होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइएको छ । शुक्ला… पुरा पढौ

मणिपालमा नर्सहरुलाई २ दिने आधारभूत तालिम शुरु

पोखरा । पोखरा महानगरपालिका–११ फूलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालले नर्सहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । नर्सहरुको कार्य क्षमता अभिवृद्धिका गर्न तालिमको आयोजना गरिएको अस्पतालले बताएको छ ।तालिमको शुभारम्भ कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष प्रोफेसर डाक्टर सुवास प्रसाद आचार्य, नेपालिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा। सबिन कोइरला, मणिपाल अस्पतालका निर्देशक डा। अभिषेक मास्के लगाएतले तालिमले नर्सहरुमा कार्य क्षमता अभिवृद्धि हुने बताए ।तालिममा डाक्टरहरु रोशनी राना, स्वयता मर्हजन, प्रभा गौतम, निसा भण्डारी,अस्मिता खनि, कविता सिट्टैला लगाएतले प्रशिक्षण… पुरा पढौ

उपनिर्वाचन : पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द

चितवन । वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो । सो दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ, मुग्लिनतर्फ जाने सवारी साधनलाई डेढ÷डेड घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए… पुरा पढौ

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात

मुस्ताङ । मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र वेमौसमी हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो । हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए। मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ । वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र… पुरा पढौ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई बुधबार भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी… पुरा पढौ

सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न महानगरलाई सर्वोच्चको आदेश

काठमाण्डौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको आवास क्षेत्रको फोहोर तीन दिनभित्र उठाइसक्न सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै महानगरपालिकालाई फोहोर उठाउन भनेको हो । “संवैधानिक र कानुनी व्यवस्थाअनुसार फोहोर सङ्कलन गरी विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौँ महानगरपालिकाको देखिन आयो”, सर्वोच्चको आदेशमा भनिएको छ, “तसर्थ रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोर यो आदेश प्राप्त भएको मितिले… पुरा पढौ