समाचार

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सेन्टरको सुरुआत गरे । प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गरेका थिए । मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीले भिडियो… पुरा पढौ

सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : एमाले महासचिव पोखरेल

काठमाण्डौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताए । आज यहाँका आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे । आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनले दाबी गरे । उनले भने, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर… पुरा पढौ

जानकी माविको एक बर्षे शैक्षिक कार्यपात्रो लोकार्पण

वैशाख ५ पोखरा । जानकी माध्यमिक विद्यालय पोखरा १७ महतगौडाको शैक्षिक कार्यपात्रो लोकार्पण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ एक बर्षे कार्यपत्रो प्रकाशन गरिएको हो । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यपत्रोको लोकार्पण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न पात्रो कोशेढुङ्का सावित हुने बताए । राज्यको ठूलो लगानी भएको शिक्षा क्षेत्रले अपेक्षा अनुसारको परिणाम दिन नसकेकोको बताउँदै उनले प्रकाशित पात्रोमा गरिएका प्रतिवद्धता पुरा गर्न सवैको साथ र सहयोग रहने विश्वास… पुरा पढौ

परराष्ट्र मन्त्रीद्वारा प्रबल जनसेवाश्री विभूषित नगेन सिंह सम्मानित

काठमाण्डौं । ‘प्रवल जनसेवाश्री’ मानपदवीले विभूषित विश्व कलायात्री नगेन सिंहलाई परराष्ट्रमन्त्री एनपी साउदले आफ्नैं कार्यालयमा सम्मान गरेका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले सिंहले बोकेका कला क्षेत्रको विकासका एजेण्डाहरु राम्रो रहेको अझै उन्नती प्रगती होस् भनि कामना गरे ।सम्मानिय राष्ट्रपति बाट कलाकार विश्व कलायात्री नगेन सिंह ‘प्रवल जनसेवाश्री’ मानपदवी बाट विभूषित भएका थिए । संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा कलाकार विश्वकलायात्री नगेन सिंहको पनि परेका थिए ।नयाँ वर्षको शुभ अवसरमा वैशाख १… पुरा पढौ

प्रतिभा माविद्वारा वन्यजन्तु सम्बन्धि सचेतना कार्यक्रम

पोखरा, वैशाख ५पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताह अन्तर्गत मंगलबार सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सह–अस्तित्व’ नारा यो वर्ष तय गरिएको छ । वैशाख १ देखि ७ गतेसम्मको अवधिलाई वन्यजन्तु सप्ताहको रुपमा मनाउने गरिएको छ । पोखरा–४ स्थित विद्यालय परिसरबाट निस्केको प्रभातफेरि सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै विद्यालयमा पुगेर टुंगिएको थियो । विद्यालयका कक्षा ११ का जीवविज्ञान समुहका विद्यार्थीको संयोजनमा भएको… पुरा पढौ

‘वित्तीय संघीयता बिना संघीयता सफल हुँदैन’

पोखरा, बैशाख ५ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बजेटजति संघमा थन्क्याएर संघीयता सफल नहुने टिप्पणी गरेका छन् । नेपाल समाजशास्त्र संघको आयोजनामा मंगलबार पोखरामा भएको ‘नेपालमा संघीयता अवसर र चुनौति’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले कुल बजेटको ५० प्रतिशत बजेट तल नपठाउने हो भने संघीयता असफल हुने चेतावनी दिएका हुन् । वित्तीय संघीयता कार्यान्वयन नभए संघीयता सफल हुँदैन,उनले भने,‘संघीयता सफल बनाउने हो भने कुल राजश्वको ७० प्रतिशत प्रदेश र स्थानिय तहमा आउनुपर्छ ।’ कुल राजश्वको ३० प्रतिशत संघमा तथा… पुरा पढौ

एसिसी प्रिमियर कप स् मलेसिया माथी नेपालको सहज जित

काठमाडौ । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बल खेल्दै पाँच चौका प्रहार गरे । त्यस्तै, कुशल मल्लले ४० बलमा… पुरा पढौ

पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ

पोखरा । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले स्वागत गरेका छन्। सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके… पुरा पढौ

नवलपुरको ५३ स्थानमा डढेलो

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिए । चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उनले बताए । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भने। “नवलपुरमा अहिले करिब तीन हजार पाँच… पुरा पढौ

एसिसी प्रिमियर कप: सिङ्गापुर विरुद्ध हङकङ विजयी

काठमाडौ । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे । सिङ्गापुरका… पुरा पढौ