समाचार

बीस अङ्कले घट्यो नेप्से

काठमाडौ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको… पुरा पढौ

तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार

तनहुँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् । नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला आएर कार्यकर्ता भेटघाटमा लागिसकेका छन । उनले शनिबार आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका–११, आज व्यास–१… पुरा पढौ

पोखरामा ‘स्टार्स समर क्याम्प’ सुरु

पोखरा । पोखरामा आइतबारदेखि ‘स्टार्स समर क्याम्प २०७९’ सुरु भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको आयोजनामा यो कार्यक्रम सुरु भएको हो । चैत्र २८ गतेसम्म सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्त्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसु गुरुङले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका अलावा शिक्षामुलक ज्ञान लिदैँ साथीहरुबिच आत्मियता… पुरा पढौ

नगरपालिकामा बजेट बनाउनु पूर्व आर्थिक विज्ञ सम्मेलन

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो । शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्बन्धी विज्ञको सहभागिता रहेको नगरप्रमुख नरबहादुर पुनले बताए। “विज्ञको परामर्शमा काम गर्दा प्रभावकारी हुने भएकाले समृद्ध जैमिनी नगर निर्माणका लागि विज्ञको भेला गरिएको हो । सम्मेलनमार्फत… पुरा पढौ

पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ :डा. केसी

पोखरा । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिए । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा उहाँले व्यक्तिव्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए । परिस्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उनले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिए । आगामी जेठ २ र ३ गते हुने समाजको… पुरा पढौ

चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिए । उनले भने, “२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ… पुरा पढौ

पोखरा ब्लु स्काईको अध्यक्षमा अधिकारी

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईको वर्ष २०२३/२४ को अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको निर्वाचनमा लायन वर्ष २०२३/२४ का लागि अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित भएका हुन् । त्यसैगरि प्रथम उपाध्यक्षमा कुष्ण सुवेदी, द्धितीय उपाध्यक्षमा दिपकराज गिरी, तृत्तिय उपाध्यक्षमा बिन्दु शर्मा पराजुली, सचिवमा बिरेन्द्र पौडेल, व्यवस्थापकमा लालकान्त चापाई, कोषाध्यक्षमा लोककुमारी क्षेत्री, सहसचिवमा राजु पौडेल र सहकोषाध्यक्षमा निर्मल प्रसाद पौडेल चयन भए । त्यस्तै क्लब मेम्बरसिप तथा उत्सव कार्यक्रम चियरपर्सनमा रञ्जु गुरुङ, आइसिटी तथा रिपोर्टीङ… पुरा पढौ

भाषा, साहित्य र संस्कृतका अध्येता द्विवेदीको निधन

पोखरा । भाषा, साहित्य र संस्कृतका अध्येता उमाशंकर द्विवेदी ‘दधिची’को हृदयघातका कारण शनिवार दिउँसो निधान भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरी निवासी ६८ वर्षीय द्विवेदीलाई घरमा ह्रदयघात भएपश्चात बयोधा मेडिसिटी अस्पतालमा पु¥याइएकोमा अस्पतालले मृत घोषित गरेको हो । वाङ्मयका क्षेत्रमा दधिची नामले परिचित उनी वीरगन्ज महानगरपालिकाले पहिलो पटक स्थापना गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्षसमेत हुन् । देशका विभिन्न स्थानका स्थानीय भाषा, संस्कृति रहनसहन र रीतिरिवाज अध्ययनमा समय खर्चेका दधिचीले नेपालीय भोजपुरी साहित्यको पहिलो खण्डकाव्यसमेत प्रकाशन गरेका थिए ।… पुरा पढौ

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भन्नुभयो, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।” घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको… पुरा पढौ

आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ । शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन्… पुरा पढौ