समाचार

बागमती प्रदेशका चार मन्त्रीद्वारा राजीनामा

हेटौडा । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे । नेकपा९एमाले०बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुन् । प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री… पुरा पढौ

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ: मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताएका छन्। होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग व्यवसाय सफल भएमात्र व्यवसायी सफल हुन्छन् र उनीहरुको सफलताले नै समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्ने बताए । सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सिर्जना गर्ने र यसबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई स्वदेशमै रोक्ने पनि उनले बताए । “मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवा विदेश पलायनमा लागेका छन्”, मुख्यमन्त्री अधिकारीले… पुरा पढौ

विश्व क्षयरोग दिवस: बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी

बागलुङ । बागलुङमा हरेक वर्ष क्षयरोगी बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन वर्ष तथ्याङ्कअनुसार बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिएको हो । आर्थिक वर्ष २०७७र७८ जिल्लाभर एक सय ६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर २०७८र७९ मा एक सय ८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर एक सय २९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए। अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि निको भएका… पुरा पढौ

तल्लो सेती स् २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । एक सय चार मेगावाट क्षमताको… पुरा पढौ

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन । निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन्… पुरा पढौ

गल्याङमा प्राकृतिक चिकित्सालय निर्माण सुरु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो । चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय… पुरा पढौ

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा।लिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्। काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम… पुरा पढौ

आर्वा बहुउद्देश्यीय सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम

पोखरा । पोखरा १३ आर्वा स्थित सुनडाँडामा सञ्चालित आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि ,ले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। संस्थाले स्थापनाको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमहरु अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सहकारीका कोषाध्यक्ष श्रीनाथ वाग्लेले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले पहिलो रक्तदाता बुद्धीराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम को शुभारम्भ गरेका थिए।… पुरा पढौ

पोखरामा आगामी बैशाखमा हुने सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारी तिव्र

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेबारेमा छलफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सरुमा चुलो सभागृहचोकमा भएको छलफल बैठकमा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली,… पुरा पढौ

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताएका छन्। विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै त्यस अभियानलाई सरकारले आवश्यकपर्ने स्रोत र साधन व्यवस्थापन गर्ने बताए । “नेपाललाई क्षयरोगमुक्त अभियानका लाग आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८र७९ बाट कार्यान्वयन आइसकेको छ”, उनको शुभकामना सन्देशमा भनिएको छ, “यस अभियानलाई आगामी वर्ष सय स्थानीय… पुरा पढौ