समाचार

सम्पदाका सदस्यलाई तालिम

चैत ११ पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले संस्थाका सदस्यलाई मानवअधिकारका आधारभूत पक्षबारे तालिम दिएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशसँगको सहकार्यमा शनिबार कालावाङ होमस्टेमा भएको कार्यक्रममा ३० जना सहभागी भए । सहभागीलाई राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख माया देवी शर्मा र मानवअधिकार अधिकृत मोहन काफ्लेले मानवअधिकारका विविध पक्ष, विश्वव्यापी मान्यता र अहिलेका चुनौतीबारे प्रशिक्षण दिए । सम्पदाका अध्यक्ष सुनिल पाण्डेले शासन व्यवस्था र समय परिवर्तन भए पनि मानवअधिकार र सम्पदाको क्षेत्रमा अनेक चुनौती विद्यमान रहेको… पुरा पढौ

स्याङ्जाको भालुपहाडमा सुख्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

स्याङ्जा । सिद्धार्थ राजमार्गअन्र्तगत स्याङ्जाको भालुपहाडमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । शनिबार साँझ स्याङ्जाको पुतलीबजार नगरपालिका–४ भालुपहाडमा अन्दाजी २० फिट माथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पहिरो पन्छाउन प्रयास गरिएपनि स्याङ्जामा भएको डोजरले नसकेपछि पोखरास्थित सडक डिभिजन कार्यालयबाट डोजर मगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । उनले भने, ‘सुख्खा पहिरोसँगै ठूला–ठूला ढुङ्गा समेत खसेका कारण पहिरो पन्छाउन समस्या भइरहेको छ… पुरा पढौ

व्यवस्था फेरियो, प्रवृत्ति फेरिएन : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले सङ्घीयतालाई संस्थागत गर्न प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राखे । “सङ्घीयताको मर्मअनुसार केन्द्रको अधिकार तल प्रत्योजन नगर्ने हो भने यो प्रणाली कमजोर हुन्छ”, प्रदेश प्रमुख गुरुङले भने, “अहिलेको प्रदेश संरचना अधुरो किसिमको छ, यसलाई बलियो नबनाएसम्म जनअपेक्षाअनुसार काम गर्न सकिँदैन ।” राजनीतिक नेतृत्व र… पुरा पढौ

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : अध्यक्ष भट्टराई

कर्णाली । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन् । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत पुगेका उनले आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा नेकपा (माओवादी केन्द्र)सँग मात्र नभई त्यसबाहेक अन्य कम्युनिष्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्ने अवधाराणा बनाइएको बताए । यसका लागि बृहत् छलफल भइरहेको बताउँदै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूर्णता पाएपछि एकताका विषयमा छलफल सुरु हुने जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले देशको आर्थिक, सामाजिक र राजनीतिक… पुरा पढौ

खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताए । उनले भने, “खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ । खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।” खेलकुदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उनले बताए । पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य… पुरा पढौ

आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु दुई खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६… पुरा पढौ

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुङ्गो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ । सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहेको उनले जानकारी दिए । प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिन कांग्रेसको आग्रह

पोखरा, चैत ११ नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजिनामा दिएर नया सरकार गठनका लागि मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड : अध्यक्ष बरालको संयोजकत्वमा विभिन्न उपसमिति गठन

चैत ११ पोखरा । सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीस्वरुप नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विभिन्न उपसमिति गठन गरेको छ । शनिबार पोखरामा मञ्चका सदस्यहरुको भेलालले अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा विभन्नि उपसमिति गठन गरेको हो । मूल आयोजक समितिको सह–संयोजकमा मञ्चका महासचिव राजराम पौडेलले जिम्मेवारी प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमितिको संयोजक समेत भेलाले… पुरा पढौ

फुटबलर गुरुङको आज अन्त्येष्टी गरिदै

पोखरा, चैत ११ अन्र्तराष्ट्रिय फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङको आज अन्त्येष्टी गरिने भएको छ । विहीबार निधन भएका गुरुङको आज शवयात्रासहित अन्त्येष्टी गरिन लागेको हो । पोखरा–३ नदीपुरस्थित गुरुङ निवासबाट पूर्वाह्न १० बजे शवयात्रा शुरु भई बगरहुँदै गाईघाटमा लगेर अन्त्येष्टी गरिने फोटो पत्रकार सुदर्शन रञ्जितले जानकारी दिए । स्वर्गिय गुरुङको श्रीमती, ३ छोरी र १ छोरा छन् । भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको पूर्व प्रशिक्षक हुन् । उनले सहारा क्लबले सञ्चालन… पुरा पढौ