समाचार

ने.रे.सो. उपशाखा ८ को बार्षिक साधारण सभा सम्पन्न

चैत ४ पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखा, कास्कीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष विरेन्द्र नारायण विजुक्छेले गरे । उनले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा डोलराज पाण्डे, परशुराम बराल, हरि प्रसाद बराल, पवित्रा के.सी., सोमनाथ बराल, गणेश बहादुर अधिकारी र श्रीराम बराल लगायतले बालेका थिए । कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन भने स्वागत कूलमाया पौडेलले र कार्यक्रमको संचालन… पुरा पढौ

रामराज्य भनेको नै प्रजातन्त्र हो : सभापति शर्मा

चैत ४ पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले रामराज्य भनेको नै प्रजातन्त्र भएको बताएका छन् । शनिबार नेपाल शिक्षक संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रमको उद्घाटन गर्दैसभापति शर्माले भगवान राम प्रजातन्त्रवादी भएको हुँदा नै प्रजातान्त्रिक सोंचका कारण नीतिवान र नैतिकवानले गर्दा रामराज्य सुखको राज्य भएको बताए । नैतिकवान मुखले मात्र बोलेर नहुने व्यवहारमा उतार्नुपर्ने बताउँदै उनले भने “जनतालाई सुखी र खुसी बनाउन भगवान रामले जुन अथाह मेहनत र प्रयास गरेर उपलब्धी प्राप्त गरेका थिए त्यो नै रामराज्य भएको… पुरा पढौ

रेवान कप टेनिस : उपाधीका लागि राजन र नविन भिड्ने

चैत्र ४ पोखरा । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बाँस्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधीका लागि राजनसंगको भेट पक्का गरे । डबल्सतर्फ उपाधीका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले… पुरा पढौ

‘आगामी वर्षदेखि खेल क्षेत्रमा वजेट विनियोजन हुन्छ’ : नगर प्रमुख सुवेदी

तनहुँ । तनहुँको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराम सुवेदीले आगामी वर्षदेखि खेल क्षेत्रमा वजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । भिमादमा आजदेखि सुरू भएको दाश्रो जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्थानिय सरकारसंग वजेटको आकार सिमित हुने भएकोले खेलकुद जस्तो महत्वपूर्ण क्षेत्रको दिगो विकासका लागि पहल गर्न असमर्थ भएको स्विकार्दै उनले आगमी वर्षदेखि स्थानिय सरकारले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विगतका वर्षहरुमा भन्दा केन्द्र सरकारले… पुरा पढौ

हाइकर्स क्लवद्वारा फेदीखोलाको बाँगे फड्केको प्रवद्र्धन

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँको हाइकिङ (एक दिने पदयात्रा) मार्फत प्रबद्र्धन गरेको छ । विभिन्न जातजातीको वसोबास रहेको उक्त गाउँ कुनै वेला पञ्चासे जाने विदेशी पर्यटकको रोजाइको क्षेत्र बाँगे पछिल्लो समय सुस्ताउँदै गएकोले सो क्षेत्रको प्रबद्र्धनको लागि हाइकिङ समुह पुगेको कार्यक्रमका यातायात संयोजक राजकुमार क्षेत्रीले बताए । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्धेश्यले विगत ४ वर्षदेखि निरन्तर संचालन भइरहेको हाइकिङ भाग ३२ औं श्रृङ्खला सम्पन्न… पुरा पढौ

सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम

चैत ३ पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैङ्गिक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाँउ पालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए । प्रक्षिकण कार्यक्रममा लैङ्गिक हिंसाको परिचय, लैङ्गिक हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा… पुरा पढौ

अनुज, नविन, राजन र लक्ष्मण रेवान कपको सेमिफाइनलमा

चैत ३ पोखरा । अनुज कुमार बाँस्तोला, नविन श्रेष्ठ, राजन पौडेल र लक्ष्मण तामाङ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटर फाइनल खेलमा कुमार बास्तोलाले पोखराको दोश्रो वरियतामा रहेका भट्टराईलाई ६–३ र ७–६ को सेटमा पराजित गरे । त्यसैगरी नविन श्रेष्ठले चौंथो वरियतामा रहेका विकास गुरुङलाई ६–१ र ६–२ को सेटमा पराजित गरे । पोखराको शिर्ष वरियता प्राप्त राजन पौडेलले शरण गुरुङलाई… पुरा पढौ

पोखरा-२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न

पोखरा, चैत ३ पोखरा महानगरपालिका वडा नम्बर–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२६ को आयोजनामा जलधारे र सक्नेरीमा दुई ठाउँमा छुट्टाछुट्टै आयोजित त्रिवसीय उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको हो । चैत १, २ र ३ गते आयोजित तालिममा पत्रकार द्वय घनश्याम पाण्डे र सन्देश श्रेष्ठले सहजीकरण गरेका थिए । दुबै ठाउँमा आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै उनीहरुलाई बोल्न सक्ने… पुरा पढौ

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए । उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको थियो । पुरा पढौ

गण्डकी प्रदेश प्रहरीद्धारा लघु सचेतनामुलक कार्यक्रम सुरु

गण्डकी प्रदेश प्रहरीले लक्षित जनसमुदायमा पुगी लघु सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको छ । छोटो समयमा सरल र प्रभावकारी तरिकाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा स्थापनार्थ सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ लघु सचेतनामुलक कार्यक्रमको सुरुवात गरेको हो । यस कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रहरीले विद्यालयहरुमा प्रार्थनाको समयमा, टोल बिकास संस्था तथा आमा समुहहरुको नियमित बैठकको समयमा, विभिन्न क्लवहरुको खेल सुरु हुने समयमा, बस पार्कहरुमा प्रहरी कर्मचारी पुगी बिभिन्न विषयका शान्ति सुरक्षा सम्बन्धी पर्चा वितरण र छोटो अन्तरक्रिया गरी १० देखी… पुरा पढौ