समाचार

वडा कार्यालयको महत्वपूर्ण विषयमा जानकारी लिन महानगर सार्वजनीक लेखा समितिको अनुगमन

फागुन २९ पोखरा । पोखरा महानगरपालिका सार्वजनीक लेखा समितिले वडा कार्यालयको लेखा प्रणाली, आर्थिक, प्रशासनीक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा अनुगमन सुरु गरेको छ । वडा कार्यालयमा सम्पादन हुने लेखा सम्वन्धि कार्यहरु पारर्दशी भए नभएको, खर्च र आम्दानीका विषयमा अनुमगन गदै वडाका जनप्रतिनिधिसंग छलफल गरेको छ । लेखा समितिले सोमबार पोखरा महागनर वडा नम्वर १० बाट अनुगमन सुरु गरेको हो । लेखा समितिका सभापति झपट रानाभाट, सदस्यहरु बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेल, लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्याय… पुरा पढौ

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

काठमाण्डौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छन् । आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् । सो पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै… पुरा पढौ

स्ववियु निर्वाचन : आजदेखि प्रचारप्रसार सुरु

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । आज अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक… पुरा पढौ

उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे अध्यक्ष नेपालसँग मत

काठमाण्डौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज भेट गरी मत मागेका छन् । अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् । त्यस अवसरमा यादवको साथमा रहेका सांसद प्रदीपकुमार यादवले भने, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।” उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको… पुरा पढौ

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

काठमाण्डौं । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ ।” कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने… पुरा पढौ

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाण्डौं । नेकपा (एमाले)को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् । इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री हुनुभएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष थिए । अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए । रासस पुरा पढौ

कास्की कारागारलाई आन्तरिक मामिला मन्त्रालयको २० लाख

फागुन २९ पोखरा ।गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न आज (सोमबार) निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताए । उनले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गरे । मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुदका समाग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा ट्रिपाल उपलब्ध गराउने… पुरा पढौ

मौलिक संस्कृति पुगेन घरबासमा

कुश्मा । महिना दिनअघि नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले गुरुङ गाउँ आर्थर डाँडाखर्कमा खबर शिविर सञ्चालन ग¥यो । गाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई उजागर गर्न सञ्चारकर्मीको समूह आर्थर डाँडाखर्क पुगेको थियो । समुदायस्तरमा सञ्चालित घरबास (होमस्टे) मा, कला, संस्कृति, स्थानीय रहनसहन, खानपिन र गाउँको मौलिकतालाई नजिकदेखि हेर्ने र बुझ्ने उत्सुकता सञ्चारकर्मीमा देखिन्थ्यो । “गुरुङ समुदायको आफ्नै मौलिक परम्परा र संस्कृति पुस्तान्तरण नहुँदा हराउँदै गएको छ । बसाइँसराइका कारण गाउँ रित्तिँदै जान थालेपछि यानीमाया, सुनीमाया, सालै जो भाका सुनिन… पुरा पढौ

जिल्ला समन्वय समितिद्वारा पहिलो पटक कास्कीका कार्यालयहरूको अर्धबार्षिक समिक्षा सम्पन्न

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ ,प्रदेश र स्थानीय तहबाट आर्थिक बर्ष २०७९र८० मा सम्पादित कार्यहरूको अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार र सोमबार गरि दुई दिन सम्म चेलेको समिक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयमा संचालित योजना तथा बिकास निर्माणका कार्यहरूको समिक्षा गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तिनै तहका सरकारका कामहरूको सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै तिनै तहका सरकार र निकायहरू समयमा काम सम्पन्न गर्ने गरि लागि पर्न आग्रह गरे… पुरा पढौ

नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप सिजन फोर हुने, गण्डकीमा बैशाख पहिलो हप्ता प्रि–अडिसन

पोखरा । नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप सिजन फोर हुने भएको छ । देशभरिका नृत्य प्रतिभालाई प्लेटफर्म दिएर उत्कृष्ट ३० जनालाई दश जोड दुई (प्लस टु)मा छात्रवृत्ति दिने उद्देश्यले सन २०१८ बाट शुरु भएको एसईई डान्स च्याम्पीयनसीपको चौथो श्रृङ्खला हुने भएको हो । च्याम्पीयनसीप आउँदो असार पहिलो हप्ता गर्ने तयारी गरिएको आयोजक बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका कन्सेप्ट डाईरेक्टर तथा डान्स डाईरेक्टर महेश गोदारले जानकारी दिए । गोदार नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘छमछमी’का जज हुन् । तीन… पुरा पढौ