समाचार

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टको शैक्षिक परामर्श

पोखरा । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए । विदेश… पुरा पढौ

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप–क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ । यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको… पुरा पढौ

डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ । “आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुङ्गा डुबेको र १७ व्यक्तिहरूलाई ९कार्गो० पोतद्वारा उद्धार गरिएको थियो भने करिब ३० आप्रवासीहरू हराइरहेका छन्,” तटरक्षकले बताएका छन् । इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको… पुरा पढौ

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ :कांग्रेस नेता रिजाल

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र कांग्रेसमा सहभागी हुने तयारी भइरहेको बताएका हुन् । “कुन(कुन मन्त्रालय लिने र क(कस्लाई मन्त्री बनाउने बिषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको छ”, उनले भने, “उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ ।” नेपाली कांग्रेसले नौ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब(करिब सहमति भएको उनको भनाइ थियो ।… पुरा पढौ

नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

काठमाडौ । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ । आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रू एक अर्ब १६ करोड २५ लाख तीन… पुरा पढौ

सहकर्मी पाखे भन्छन् : पौडेलले अहिलेसम्मको निष्कलङ्क छवि जोगाउनुपर्छ

गण्डकी । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित पौडेलले आज शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेपाली राजनीतिमा लामो समय सादगी र निष्कलङ्क नेताका रूपमा आफ्नो पहिचान बनाएका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा उनका सहकर्मी तथा शुभेच्छुकहरू हर्षित त छन् नै, राष्ट्रपतिका रूपमा रहँदा उनको मौलिक सादगी जीवन र निष्कलङ्क छवि जोगाउने विषय आगामी दिनमा प्रमुख चुनौती रहेको… पुरा पढौ

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज निर्माण सुरु

पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनीबजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो । कालीगण्डकीले कटान गर्न थालेपछि बगरफाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित छ । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरुको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयवासीलाई हिँडडुल र कृषिउपज बेनीबजारमा पु¥याउन सहज हुने छ ।… पुरा पढौ

एसईई डान्स च्याम्पीयनसीपले नृत्य प्रतिभा खोज्दै, बैशाख पहिलो हप्ता पोखरामा प्रि–अडिसन हुने

पोखरा, फागुन २९ नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप सिजन फोर हुने भएको छ । देशभरिका नृत्य प्रतिभालाई प्लेटफर्म दिएर उत्कृष्ट ३० जनालाई दश जोड दुई (प्लस टु)मा छात्रवृत्ति दिने उद्देश्यले सन २०१८ बाट शुरु भएको एसईई डान्स च्याम्पीयनसीपको चौथो श्रृङ्खला हुने भएको हो । च्याम्पीयनसीप आउँदो असार पहिलो हप्ता गर्ने तयारी गरिएको आयोजक बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका कन्सेप्ट डाईरेक्टर तथा डान्स डाईरेक्टर महेश गोदारले जानकारी दिए । गोदार नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘छमछमी’का जज हुन् ।… पुरा पढौ

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी… पुरा पढौ

सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्य अघि बढिसकेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री दाहालले शिक्षा, सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि तथा विकासको महत्वपूर्ण पक्ष भएको बताए । उनले… पुरा पढौ