समाचार

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्… पुरा पढौ

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो । अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपतिमा पुरूष हुने निश्चित् भएकाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गरे । सो अवसरमा प्रमुख आयुक्त थपलियाले… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशमलव ५० मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै आज वृद्धि भएको छ । विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर रू एक… पुरा पढौ

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना हुने

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार राष्ट्रपति चयनका लागि मतदान सकिएको छ ।संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान नगरेका हुन् । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय… पुरा पढौ

स्ववियु निर्वाचन आचारसंहिता: पोस्टर टाँस्न नपाइने

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै… पुरा पढौ

गोठाला, किसान उक्लिएपछि ढोरपाटनमा चहलपहल

बागलुङ । चिसो बढेसँगै बेंसी झरेका बोबाङका बासिन्दा गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ र निसीखोलामा चिसो छल्न झरेका किसान गर्मीयामको सुरुआतसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् । बर्खायामका लागि सबै बन्दोबस्तीका सामानसहित स्थानीय किसान ढोरपाटन उक्लिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विक भन्छन्। ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका ठूला फाँटलाई पाटन भनिन्छ । त्यहीँ पाटन र बुकी किसानका गोठ राख्ने र आधा वर्ष कटाउने थलो हुन् । गर्मी महिनामा… पुरा पढौ

ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

बागलुङ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको… पुरा पढौ

राष्ट्रपति निर्वाचन: मतदान अन्तिम चरणमा , ८१३ मत खस्यो

काठमाडौं । नयाँ राष्ट्रपति पदको निर्वाचनमा बिहीबार दिउँसो १ः४५ बजेसम्म आठ सय १३ जनाले मतदान गरेका छन् । जसमा प्रदेशतर्फ पाँच सय १५ र संघतर्फ दुई सय ९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। संघीय संसद र प्रदेश सभा सदस्य गरी ८ सय ८१ जना मतदाता रहेका छन् । राष्ट्रपति… पुरा पढौ

 ‘मलाई रातो रङ लगाईदेउ’ शिर्षकमा नारी दिवस

कास्की । एमनेस्टी इन्टरनेसनल पुरुञ्चौर युथ नेटवर्कको आयोजना तथा हरीयाली आमा समुहको सहकार्यमा बुधवार पुरुञ्चौरमा मलाई रातो रङ लगाईदेउ शिर्षकमा विविध कार्यक्रमको आयोजना गरी मनाईएको छ। ११३औ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले अझैपनि महिला हिंसा अन्त्य नभएको र महिलाहरु समाजमा आँफु खुशी बाच्न नपाएको दुखेसो पोखे। पहिरनका हिसावले पनी महिलाहरु बञ्चित हुनु परेको अधिकांश बक्ताहरुले उल्लेख गरे। कार्यक्रममा युथ नेटवर्क का सदस्यहरुले मलाई रातो रङ लगाईदेउ शिर्षक मा विविध प्रस्तुतिहरु देखायका थिय। एउटा महिला श्रीमान बितेकै… पुरा पढौ

‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताए । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ । “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गरेका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित… पुरा पढौ