समाचार

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । रासस पुरा पढौ

सृजना कप भलिबल तयारी पूरा

फागुन १४ पोखरा । पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डलाई थप तीन मन्त्रालयको कार्यभार

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय… पुरा पढौ

बाल यौन दुरुपयोग अभियोगमा पल शाहले पाए सफाई

फागुन १४ पोखरा । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई न्यायाधिश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग नपुग्ने भन्दै सफाई दिएको हो । शाहले सबै अभियोगबाट पूर्ण सफाई पाएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । शाह भोलि रिहा हुनेछन् । एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन : सञ्जय सम्मिलित टोलीलाई प्रो–एम उपाधि

फागुन १३ पोखरा । प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ। पोखरा स्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका हुन् । प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए। प्रो निरज तामाङ सम्मिलित टोली कुल १२३ अंक जोडेर दोस्रो… पुरा पढौ

संगम कप विल स्मृति फुटवल प्रतियोगिताको उपाधि नव आर्दश सामुदायिक विकास समाजलाई

फागुन १३ पोखरा । पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटवल प्रतियोगितामा उपाधि जित्न सफल भएको छ । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिसंगै नव आर्दशले करिब २४ बर्षमा उपाधि जित्न सफल भएको हो । यस अघि करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको… पुरा पढौ

अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव

फागुन १३ पोखरा । अञ्जुली आवसीय माध्यामिक विद्यालयको ३० औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्वसमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । यसरी सम्मान हुनेमा दीर्घसेवा सम्मानबाट शिक्षक गोविन्द पौडेल, राजन खत्री, कृष्णबहादुर मल्ल, सम्मानित भएका छन् । त्यसैगरी शैक्षिक प्रशाशन तर्फ विद्यालयकी प्रध्यानाध्यापक सुनिता कुँवर केसी, परीक्षा संयोजक खेमराज अधिकारी, अतिरिक्त क्रियाकलाव संयोजक लक्ष्मण पौडेल, विद्यालयका गतिविधि सञ्चालन तर्फ प्रेमनारयण ढकाल, नृत्य प्रशिक्षक रविन्द्र गुरुङ, लेखा शाखा पार्वती पुनलाई सम्मान… पुरा पढौ

पोखरामा सेगवेको शोरुम संचालनमा, सुलभ मुल्यमा इलेक्ट्रिक स्कुटर उपलब्ध

फागुन १३ पोखरा । पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रा.लिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे । शोरुमलाई पोखराका व्यवसायी प्रदीप पहारीले संचालनमा ल्याएका हुन् । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको नयाँ उत्पादनहरु अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखराको वातावरणलाई सुहाउँदो ईलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आईहव प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराए… पुरा पढौ

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

बाग्लुङ । बागलुङको ढोरपाटनमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध१त ५११ नंको ट्र्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो । बालकलाई ठक्कर दिने ट्र्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्र्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा… पुरा पढौ

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक विचारगोष्ठीमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष… पुरा पढौ