समाचार

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ प¥यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल… पुरा पढौ

फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो :प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताए । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादोन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गरे ।… पुरा पढौ

खुल्ला भजन प्रतियोगितामा फुलबारी क्लव विजयी

फागुन ६ पोखरा । महाशिवरात्रि पर्वको अवसरमा परोपकार सर्वेश्वर नारी समूहले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा फुलबारी क्लब विजयी भएको छ । पोखरा –४ गैह्रापाटनस्थित समूहले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा पोखरा–११ को फुलबारी क्लव प्रथम भएको हो । १३ वटा प्रतियोगि समूहलाई पछाडी पार्दै प्रथम भएको फुलबारीले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा पोखरा –२५, हेम्जाको माछापुच्छ्रे सेवा समाज द्वितिय, दाजुभाई भजन समूह तनहुँको शुक्ला गण्डकी तृतिय र मातृकाश्वर एकता समूहले सान्तवना स्थान प्राप्त… पुरा पढौ

सातौँ निर्वाचन दिवसः एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्दै

काठमाण्डौं । निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिए । उनले यस वर्षका निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उल्लेख गर्दै… पुरा पढौ

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नामिबिया विरुद्ध नेपालको दाश्रो जित

काठमाण्डौंं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो । नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१… पुरा पढौ

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाण्डौं । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा… पुरा पढौ

खुल्ला आर्चरीमा पुरुष तर्फ बागलुङका घर्तिमगर र महिला तर्फ कास्कीकी आले मगरलाई उपाधि

फागुन ६ पोखरा । गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दीनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६—० को अंकले बागलुङकै खड्ग बहादुर घर्तीमगर लाई पराजित गरी जित हासिल गरेका हुन् । कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले ६—४ को अंकमा कास्कीकै अशिम शेरचनलाई पछि पार्दै तेश्रो भए । त्यसै गरी रिकर्ब खुल्ला महिला… पुरा पढौ

पोखरा म्याराथनमा केन्याका स्टेफेनलाई लगातार दोश्रो उपाधी

फागुन ६ पोखरा । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले दोश्रो पटक जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार (आज) सम्पन्न १७ औं संस्करणको पोखरा म्याराथन (४२.१९५ किलोमिटर)को दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै दोश्रो पटक जितेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । केन्याका धावक जुलियस ओहोमे दोस्रो… पुरा पढौ

पोखरा म्याराथन : क्यान्सर जितेकी पूर्व प्रशिक्षक मञ्जुले ‘च्यारिटी रन’ गर्दै

पोखरा । शनिबार हुने पोखरा अन्तराष्ट्रिय म्याराथनमा पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक मञ्जु गुरुङले ५ किलोमिटर ‘च्यारिटी रन’ गर्ने भएकी छन् । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा भोलि (शनिबार) हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक गुरुङले ‘च्यारिटी रन’ का लागि ५ किलोमिटर दौडमा सहभागि हुने भएकी हुन् । केही वर्षपहिला क्यान्सरमुक्त भएकी पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत रहेकी मञ्जुले ‘क्यान्सरपछि पनि सरल जीवन सम्भव छ’ भन्ने सन्देश दिनका लागि आफू दौडमा सहभागि… पुरा पढौ

नेपाल बैंकद्वारा विन्ध्यावासिनीमा पिउने पानीका लागि आर्थिक सहयोग

फागुन ५ पोखरा । नेपाल बैंक लिमिटेडले पोखराको विन्ध्यावासिनी मन्दिरमा आउने भक्तहरुको लागि स्वच्छ पिउने पानीको व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । यस क्षेत्रकै धार्मिक आस्थाको केन्द्र समेत रहेको मन्दिरमा आउने भक्तजन तथा पर्यटकहरुका लागि स्वच्छ पिउने पानीको व्यवस्थाका लागि शुक्रबार एक कार्यक्रमकाविच पाँच लाख रुपैयाँ सहयोग गरेको हो । विन्ध्यावासिनी धार्मिक विकास समितिको कार्यलयमा कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठले विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सो सहयोग हस्तान्त्रण गरिन् । सो अवसरमा समितिका अध्यक्ष… पुरा पढौ