समाचार

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने अभिभारा र जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।” उनले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास… पुरा पढौ

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहनुभएका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेको डा. भण्डारीले राम्रोसँग… पुरा पढौ

सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेशसभामा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार भएको बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति… पुरा पढौ

वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने… पुरा पढौ

क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्तरिम आदेश नदिएर आगामी आइतबार लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न आदेश दिएको जानकारी दिए । आदेशमा भनिएको छ, “उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन… पुरा पढौ

प्रतिभामा शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम

फागुन १२ पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन)को प्रमुख आतित्थ्तामा सम्पन्न भएको उक्त कार्यक्रममा बरालले विद्यार्थीहरुको आन्तर्निहित क्षमताको कदर गदै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निमार्णबाट आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालयले विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बुझी बेलाबेलामा यस्ता प्रदर्शन गराउनु पर्ने बताए । विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आपूmमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक… पुरा पढौ

तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । पुरा पढौ

शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

फागुन १२ पोखरा । नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्। पार ६९को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५–अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे। समग्रमा १–अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुबाश तामाङलाई २ स्ट्रोकले हराउँदै करियरको नवौं उपाधि जितेका हुन्। उपाधिसँगै उनले १ लाख ४० हजार प्राप्त गरे। १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता… पुरा पढौ

संगम कप विल स्मृति फुटवल प्रतियोगिताको उपाधिको लागि एल.जी. र नव आर्दश भिड्ने

फागुन १२ पोखरा । साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिताको उपाधि सहित १ लाख ७५ हजार पुरस्कारको लागि शनिबार दिउसो १ः०० बजे पछि फाईनल खेल हुने भएको प्रतियोगिता संयोजक शिव गुरूङ (माया) ले बताए । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बरदान ताङवेको निर्णायक एक गोलको… पुरा पढौ

राष्ट्रपति कांग्रेसलाई दिने ८ दलको सहमति

काठमाडौं । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति भएको छ । शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने टुंगो लागेको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी दिए। आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन । कांग्रेसले शनिबार… पुरा पढौ