समाचार

डिआइजी सिंहको राजीनामा स्वीकृत

काठमाण्डौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गरेको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए । जन्ममिति फरक परेको विषय… पुरा पढौ

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् । विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकामा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ, यो देशकै गौरव हो ।” प्रधानमन्त्रीले भने, “तपाईंको कारण देशकै गौरव… पुरा पढौ

राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताएका छन् । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताए । शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उनले पछिल्लोपटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चारमाध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गरे । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो… पुरा पढौ

जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ : अध्यक्ष यादव

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताएका छन् । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिए । उनले भने, “जबसम्म अहिलेको सरकार साझेदार दलहरूको लाइन क्लियर हुँदैन तबसम्म नयाँ–पुरानो के अर्थ हुन्छ र ? को कता भन्ने लाइन क्लियर भएको छैन, तर प्रधानमन्त्रीले सार्वजनिकरूपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने… पुरा पढौ

छँगेली नेवा खल पोखराको आयोजनामा भैरव नाच हुने

फागुन ११ पोखरा । छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फुलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिबलाल मल्लले जानकारी दिए। नाच सम्पन्न गर्नका लागि विभन्न ६ वटा उपसमिती बनाइएको छ । मुल समारोह व्यवस्थापन समितीको संयोजक शिबलाल मल्ल, सदस्यहरुमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ , बुद्धी मल्ल, रमेश मल्ल, सुर्य राजभण्डारीविश्णुश्याम मल्ल रहेका छन् । यस्तै पुजा व्यवस्थापन उपसमितीमा सुना मल्लको संयाजकत्वमा सदस्यहरु… पुरा पढौ

खानी भत्किँदा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन् जसमा चार जनाको मृत्यु भएको पाइएको छ भने छ जना घाइते छन् । घाइतेलाई अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । रासस पुरा पढौ

जिल्लामा आयातित अन्नकै भर

म्याग्दी । म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कङ्क्रिटका घरले भरिन थालेका छन् । बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न थालेपछि खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी–४ सिङ्गा, रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत स्थानमा सडकको पहुँच पुगेसँगै कृषि उत्पादन घटेको छ । यहाँका स्थानीय… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौ । लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै… पुरा पढौ

भानु जन्मस्थललाई सप्तधाममा विकास गर्न पहल

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दिएछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य ) नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उनकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो । दमौली । नेपाली भाषाका… पुरा पढौ

रात्रिकालीन उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ ९आइएफआर० प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान… पुरा पढौ