समाचार

गाउँपालिकाले प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र बनाइने

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । “गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भैसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ ।” सेभ द चिल्डेनको आर्थिक सहयोगमा एलोपेथिक औषधि बनाएर वितरण केन्द्र… पुरा पढौ

आदिबराह मन्दिर पुनःनिर्माण

पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिरको पुनःनिर्माण गरिएको छ । तेह्रौँ शताब्दीमा जुम्लाबाट बसाइँ सरेर मल्लाज आएका घर्ती क्षेत्री र कार्की क्षेत्रीले २०४२ सालमा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर २०७२ सालको भूकम्पबाट क्षत–विक्षत भएको थियो । पुर्खाले निर्माण गरेको मन्दिर चन्दा जुटाएर पुनःनिर्माण गरिएको जलजला–२ का वडाध्यक्ष तथा मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । “रु एक करोड ५० लाख चन्दा जुटाएर दुईवटा मन्दिर पुनःनिर्माण गरेका हौँ”, उनले भने, “मन्दिर पुनःनिर्माणसँगै ऐतिहासिक र धार्मिक महत्वको… पुरा पढौ

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् । दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ… पुरा पढौ

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता… पुरा पढौ

राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले मागगरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ । बैठक दिउँसो १ बजे बोलाइएको उनले बताए । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक… पुरा पढौ

‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले पोखराबिरुद्ध दुस्प्रचार गरिरहेको छ’

फागुन ११ पोखरा । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन शुरु भएदेखि नै यसको पक्ष र विपक्षमा व्यापक बहस हुँदै आएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन हुने र नहुने पक्षमा पोखरेली सँधै विभाजित भईरहे । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने बेलादेखिको बहस अहिले विमानस्थल बनिसकेपछि पनि टुंगिएको छैन । पहिले बनाउन हुने र नहुने भन्नेमा बहस हुन्थ्यो भने अहिले पोखराबाट अन्र्तराष्ट्रिय उडान सञ्चालन हुन्छ कि हुँदैन ? विमानस्थल कत्तिको सुरक्षित छ ? भन्नेमा केन्द्रीत छ । अझ पछिल्लो पटक गत माघ १… पुरा पढौ

तीन दलको बैठक निष्कर्ष विहीन, भोलि फेरि छलफल हुने

काठमाण्डौं । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल ग¥यौँ, हामीले हाम्रो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि ग¥यौँ तर केही निर्णय हुन सकेको छैन ।” वाम–समाजवादी मोर्चा बनाएर… पुरा पढौ

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : महासचिव गुरुङ

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् । रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास… पुरा पढौ

सूर्य नेपाल गल्फ टुर : दोश्रो दिन‌ सुबाशलाई अग्रता

फागुन ११ पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुबाश तामाङ ४–अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिएका छन्। पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १–अन्डर १ सय ३७ स्कोर सहित सुबाशले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे। भुवनले आज २–ओभर ७१ स्कोर गरे र समग्रमा इभन–पार १ सय ३८ को कार्ड सहित दोस्रो स्थानमा झरे।… पुरा पढौ

संगम कप विल स्मृति फुटवल : भोलि सेमिफाइनलका खेलहरु हुने

फागुन ११ पोखरा । पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्र्तगत शुक्रबार(भोलि) सेमिफाइनलका २ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा शुक्रबार पहिलो खेल मध्यान्हः १२ः०० बजे एल.जीं. एशोसियसन र भ्याली स्पोट्र्स क्लव बिच हुने भएको छ । दोश्रो खेल भने दिउँसो २ः०० बजे पछि नव आर्दश सामुदायिक विकास समाज र सहारा क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । विहिबार ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको प्रतियोगिताका… पुरा पढौ