समाचार

तनहुँमा बास्केटबल खेलप्रति महिला खोलाडीको आकर्षण

तनहुँ । तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ ।गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो । बास्केटबलका प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद यहाँ आयोजना भएपछि जिल्लामा महिला खेलाडीको आकर्षण बढ्न थालेको बताए। प्रशिक्षक श्रेष्ठका अनुसार उक्त खेलमा गण्डकी प्रदेशको टोलीमा यहाँँका खेलाडी सहभागी गराउन नसकिएपनि आगामी दिनमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना भइरहनेछ । बास्केटबलप्रति खेलाडीको आकर्षण बढ्न थालेपछि स्थानीय तहले… पुरा पढौ

चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

चितवन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम… पुरा पढौ

लोपोन्मुख खेल जोगाउन नगरपालिकाले पुरुष खो खो प्रतियोगिता आयोजनान गर्ने

भक्तपुर । लोपोन्मुख अवस्थामा पुगेको खो खो खेल संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले यहीँ फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए । भक्तपुर नपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु… पुरा पढौ

तिब्बतमा तेह्र सय ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन

चीनको स्वशासित क्षेत्र तिब्बतमा एक हजार तीन सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरेको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको हो । एक स्थानीय अधिकारीका अनुसार ८४ वटा आयोजनाको निर्माण सुरु भइसकेको छ भने कुल आठ सय नौ आयोजनाको प्रारम्भिक कार्य भई बोलपत्र प्रक्रियामा गइसकेका छन् । यो वर्ष ती योजना कार्यान्वयन भइसक्ने छन् । कृषि तथा पशुपालनका परियोजनालाई उच्च प्राथमिकता दिइएको छ । परियोजनाले ग्रामीण क्षेत्रमा उच्च प्रतिफल दिने… पुरा पढौ

टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् । खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्कीएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीएमा दुई सय १५ भन्दा बढी परकम्प… पुरा पढौ

नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

पर्वत । पर्वतको कुस्मा नगरपालिका–१२, ठूली पोखरीस्थित नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन् । दरबन्दीमा रहेका चिकित्सक अध्ययन बिदामा गएपछि हालसम्म अन्य चिकित्सक आएका छैनन् । डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै पनि चिकित्सक पठाइएन । सुविधासम्पन्न भौतिक पूर्वाधार र एम्बुलेन्ससहित आधुनिक उपकरण भए पनि दरबन्दीका चिकित्सक नै नआएपछि सेवाग्राही मारमा परेका… पुरा पढौ

जिल्लामा साना उद्योगमा समस्या थपिँदै

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ का दीपकप्रसाद सापकोटाले रु तीन करोडको लगानीमा सुरु गर्नुभएको टेक्सटायल उद्योग रु १२ करोड नोक्सानी व्यहोरेर बन्द गर्नु प¥यो । व्यवसायलाई पुनः निरन्तरता दिँदै उनले हाल सूर्यमुखी तेल, एसिड लगायतका सामान उत्पादन गरिरहेको छ । उद्योगका लागि कच्चापदार्थको अभाव देखिन थालेपछि यो उद्योग पनि बन्द हुने अवस्था रहेको सापकोटाले बताए। “अहिले देशको आर्थिक अवस्था यस्तै हो कि उद्योगमैत्री वातावरण नभएर हो, उद्योग सञ्चालन खर्च पूरा गर्न पनि गाह्रो छ, यो पनि कहिलेसम्म सञ्चालन… पुरा पढौ

सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने

काठमाडौ । सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति ९२०७९–२०८६० मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको हो । मन्त्रालयले आँखा स्वास्थ्य सेवालाई मूल स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवाको पहुँच समुदायस्तरमा पु¥याउन र आँखा सेवालाई थप गुणस्तरीय बनाउनका लागि रणनीति ल्याएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रणनीतिलाई स्वीकृत गरी लागू गरिएको जानकारी दिए । आँखा स्वास्थ्य सेवालाई विद्यालय स्वास्थ्य कार्यक्रममा समावेश… पुरा पढौ

पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुल्ला

पोखरा । सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर उक्त केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन गरिएको छ । खुल्ला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुल्ला गरिएको… पुरा पढौ

वडा नम्वर ७ को आयोजनामा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गरे । उनले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरे । वडा सदस्य तथा कार्यक्रम संयोजक बसुन्धरा लामिछानेले वडामा रहेका सामाजिक सस्थाले अत्यन्तै प्रभावकारी कार्यक्रम गरिरहेको तर गरेका गतिविधिलाई सम्वन्धित ठाउँमा पुगेर राख्न नसकेको हुँदा यो कार्यक्रम… पुरा पढौ