समाचार

जरोटुप्पोमा सम जयन्ती र सम्मान

माघ २५ पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एकसय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो । भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गरेका थिए । सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताए… पुरा पढौ

बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट क्वाटरफाइनलमा प्रवेश

पोखरा ।पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् । खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १÷१ गोलको योगदान दिए । यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल… पुरा पढौ

टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीएमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको… पुरा पढौ

एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताए । सो क्रममा उनीहरूबाट ५० वर्ष… पुरा पढौ

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत प्राप्त गरेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित… पुरा पढौ

प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई मणिपाल अस्पतालमा छुट

पोखरापोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ ।प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा सतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्य चिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । चिकित्सकको परामर्शमा भने कुनै शुल्क नलाग्ने पनि सम्झौतमा उल्लेख छ ।विद्यालयका प्राचार्य… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबमा उमेश सिके

पोखरा, २५ माघगण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिवमा कपिलदेव शर्मा, सहसचिवमा सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सह–कोषाध्यक्षमा सुमन ताम्राकार छन् । सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् ।०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदी घट्यो

हिजो स्थिर रहेको सुनको भाउ आज बढेको छ ।साताको दोस्रो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ४ हजार ८ सय रुपैयाँ छ ।हिजो सुन तोलामा एक लाख ४ हजार दुई सय रुपैयाँ थियो । यसैगरी, आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको नवौं वार्षिक साधारणसभा चितवनमा हुने

माघ २४ पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुुषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण चितवनमा हुने भएको छ । महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए । ‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तिव्रता दिने… पुरा पढौ

संसोधन विधेयक : सत्तापक्ष भन्छ ठीक, विपक्षी भन्छ बेठीक

पोखरा, माघ २४ विनियोजन विधेयक–२०७९ लाई संसोधन गर्न बनेको विधेयक विधायन समितिमा पठाइएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक–२०७९ लाई संसोधन गर्न बनेको विधेयकमाथि मंगलबार सामान्य छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो । संसोधन विधेयकमाथि संसोधन गर्नुपर्ने भएमा ७२ घण्टा भित्र संसोधन प्रस्ताव गरिसक्नुपर्नेछ । अन्यथा विधायन समितिमा दफावार छलफलपश्चात प्रदेश सभामा पेश हुनेछ । प्रदेश सरकारकी आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले चालु बजेटलाई रकमान्तर गर्न सकिने प्रावधान राखेर माघ २० गते संसोधन विधेयक दर्ता गरेकी… पुरा पढौ