समाचार

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो । जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१÷८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा–जोमसोम हवाई मार्गबाट सेवा लिएका थिए । गत वर्ष पोखराबाट जोमसोम १४ हजार १७२ र जोमसोमबाट पोखरा १२ हजार ४७० यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए । गत वर्ष तारा एयर र समिट एयरलाइन्सको टुइनेटर साना जहाजले… पुरा पढौ

पोखरा जेसीजले बैशाख १८ देखि २० गतेसम्म जेसीज सप्ताहन्त गर्ने

शिशिर उजाडपोखरा पोखरा जेसीजले बैशाखको तेस्रोे साता जेसीज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ । सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै परिष्कृत युवा, सशक्त नेतृत्व भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख १८ गतेदेखि २० गतेसम्म बिभिन्न कार्यक्रम गर्ने जनाएको हो । जेसीजले यही बैशाख १८ गते कार्यक्रमको उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम गर्ने जनाएको छ ।सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ सँगको सहकार्यमा युवाहरूका लागि वित्तीय साक्षरता सहित उद्यमशीलता विकास… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड २०८२ बैशाख मसान्तमा हुने ः ९ विधामा अवार्ड प्रदान गरिने

सन्देश श्रेष्ठपोखरा पोखरा स्पोर्टस अवार्ड–२०८२ बैशाख मसान्तमा हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको दशौं श्रृंखला बैशाख ३१ गते हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अवार्ड सेरेमोनी पोखरा–६ लेकसाईडस्थित पोखरा ईभेन्ट सेन्टरमा हुने आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती मगर (एमबी आस्था)ले जानकारी दिए । हिमश्री फुड्स प्रालिको मुख्य उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ९ विधामा अवार्ड प्रदान गरिने अयोजकले जनाएको छ ।… पुरा पढौ

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले पछिल्लो समयमा ह्याण्डबलका गतिविधि बढ्नुले पनि यहाँको खेलकुद चलायमान बनाउन सहयोग पुगेको जनाउँदै दक्षिण एशियामा उत्कृष्ट नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि प्रशिक्षणले… पुरा पढौ

पहुँचका भरमा सुविधा लिइरहेका ६ सय २२ सवारी फिर्ता

सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारीसाधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारीसाधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ । कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारीसाधन फिर्ता लिइसकेको छ । प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी… पुरा पढौ

रामरत्न फाउन्डेशनद्वारा कल्याणी बाल आश्रमलाई सहयोग

तनहुँको रामरत्न फाउन्डेशनले पोखराको लामाचौरस्थित ॐ शिवशक्ति कल्याणी केन्द, कल्याणी बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ । समाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी विभिन्न संस्थालाई सहयोग गर्दै आएको फाउन्डेशनले यस पटक कल्याणी बाल आश्रमलाई सहयोग गरेको हो । आश्रममा फाउन्डेशनका संरक्षक रामनाथ भट्टराई र रत्नमाया भट्टराईले आश्रमका सञ्चालक भवानी थापालाई करिब १५ हजार रुपैयाँ बराबरको खाद्य लगायतका सामाग्री हस्तान्तरण गरे । २०६२÷०६३ सालयता स्थापना भई सामाजिक सेवाका क्षेत्रमा निरन्तर कृयाशिल फाउन्डेशनले चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसबाट आएको ब्याज रकमबाट विभिन्न… पुरा पढौ

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी,एसइइको नतिजा लगत्तै शुरु हुने

प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको सहकार्यमा गोरखाको आँपपिपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले… पुरा पढौ

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् । स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो । सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा उपचारको लागि यो कार्यक्रम ल्याएको हो । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा उद्धार हुने… पुरा पढौ

१३ बर्ष देखि फरार रहेका प्रतिवादी कास्की प्रहरीको नियन्त्रणमा

१३ बर्ष देखि फरार रहेका प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका हेम कुमार तामाङलाई सोमबार वडा प्रहरी कार्यालय रामबजारबाट सटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।तामाङ २०७० साल माघ १२ गते कारागारबाट भागी फरार रहेका थिए । कास्कीको मादी गाउँपालिका वडा नं. ७ घर भई हाल पोखरा १३ बाझपाटन बस्ने ३२ बर्षिय तामाङलाई लुकीछिपी बसेको अवस्थामा पोखरा १३ कै दुई कुलाको मुहानबाट पक्राउ गरिएको… पुरा पढौ

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट सम्मानित हुने भएका छन् । दयाशंकर पालिखेका परिवारद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पत्रकारिता सम्मानबाट पत्रकार बस्नेत र बराललाई सम्मान गर्न लागिएको महासंघ, कास्की शाखाले जनाएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १ लाख १ हजार १… पुरा पढौ