समाचार

लोकतान्त्रिक अभ्यास गरौँ : अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताए । उनले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।” बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उनले भने, “कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने रु”… पुरा पढौ

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन् । सो विमानस्थलको निरीक्षणपछि उहाँले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिएका छन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिएका हुन् । नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उनको भनाइ थियो । श्रीलङ्का भ्रमणमा रहनुुभएका परराष्ट्रमन्त्रीमार्फत… पुरा पढौ

जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको निर्माण अलपत्र

म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका आठवटा छन् । आठवटा आयोजना सडकसम्बन्धी छन् । रु सात अर्ब लागत अनुमान गरिएको राहुघाट जलविद्युत् आयोजनाबाहेकका अन्य अलपत्र र अधुरा आयोजनाको लागत… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्ची

गण्डकी । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ । संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी र सुरक्षाकर्मीका लागि आवासको उचित प्रबन्ध हुनसकेको छैन । सञ्चारकर्मीका लागि मिडियाकक्ष छैन । प्रतिक्षाकक्ष, चमेनागृहजस्ता भौतिक पूर्वाधार व्यवस्थित छैनन् । आधुनिक सुविधायुक्त प्रदेशसभा भवन निर्माणका लागि बनाइएको रु डेढ अर्बको… पुरा पढौ

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन् । जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिएका खड्काले निर्वाचनको आठ महिनामै घोषणापत्र कार्यान्वयनमा ल्याउन थालेका छन् । खड्काले उपप्रमुखको निर्वाचनमा होमिँदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिककार्यमा लगाउने घोषणा गरेका थिए । खड्काले गत दशैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नुभएको थियो भने हालै एक विद्यालयमा रु एक लाखको अक्षयकोष… पुरा पढौ

प्रशासन कार्यालयमै हुलाक टिकट

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले सहजरूपमा टिकट खरिदको व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।यसअघि हुलाक कार्यालयका अतिरिक्त प्रशासन कार्यालयका आसपासका स्टेशनरी पसलबाट समेत हुलाक टिकट बिक्री हुँदै आएको थियो । तर मूल्यमा असमानता हुँदा सेवाग्राही ठगिएपछि हुलाकले अरुलाई टिकट बिक्री गर्न रोक… पुरा पढौ

तनहुँमा ठूलो राशिको भलिबल प्रतियोगिता हुने

तनहुँ । तनहुँमा ठूलो राशिको भलिबल प्रतियोगिता हुने भएको छ । सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना हुँदै आए पनि जिल्लामा भलिबलका खेल निकै कम मात्रामा हुने गरेको छ । तनहुँको भिमादमा वडा मिश्रित खुला भलिबल प्रतियोगिता हुन लागेको हो । तेस्रो भिमाद महोत्सवको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक उज्ज्वल खनालले जानकारी दिए। यही माघ १९ देखि भिमाद रङ्गशालामा तेस्रो भिमाद महोत्सव सुरु भएको छ । भलिबल प्रतियोगिता भने माघ २३ गतेबाट सुरु हुनेछ । भलिबलमा प्रथम हुनेलाई… पुरा पढौ

रास्वपा बैठक जारी, सरकारबारे निर्णय लिने

माघ २१ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको आकस्मीक बैठक जारी रहेको छ । पार्टीले गत बिहीबार गृहमन्त्रालयबारे निर्णय लिन दिएको २ दिनको समय सकिएसँगै आकस्मीक बैठक बोलाएको हो । केहीबेर अगाडीबाट शुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न सक्ने पार्टीका एक नेताले जानकारी दिए । बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो । पुरा पढौ

नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट

पोखरा । नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहेका छन् । कार्यक्रमका प्रमुअख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर… पुरा पढौ

सिद्धार्थ नमुना दिदीबहिनी समुहको अध्यक्षमा पुनः बराल

माघ २१ पोखरा । सिद्धार्थ नमुना दिदीबहिनी समुह पोखरा–१७ छोरेपाटनको अध्यक्षमा पुनः दुर्गादेबी बराल चयन भएकी छन् । समुहको शनिबार सम्पन्न चौंथो वार्षिक साधरण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा पुनः दोह्राउँदै ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समुहको उपाध्यक्षमा दुर्गा ढकाल, सचिवमा सुनिता तिमिल्सिना, सह–सचिवमा अन्जना बोगटी र कोषाध्यक्षमा ईन्दिरा पौडेललाई चयन भएका छन् । यस्तै अधिवेशनले समुहको सदस्यहरुमा शान्ति कार्की, मञ्जु रिमाल, हरिकला अधिकारी, कल्पना शर्मा अधिकारी, कल्पना परियार, ज्योति गुरुङलाई चयन गरेको छ । यसैविच… पुरा पढौ