काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ । सो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, अन्य नेताहरुको आज भएको भेलामा यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल भएको हो । साथै भेलामा निर्वाचनको परिणाम पछिको अवस्था, पार्टीका भ्रातृ र शुभेच्छुक संस्था गठन तथा पूर्णता दिने, प्रभावकारी र चलायमान बनाउनुपर्नेलगायत विषयमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए…
पुरा पढौ