समाचार

मातृसेवा प्रतिष्ठानद्वारा विद्यार्थीलाई छात्रवृत्ति

माघ ७ पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेनदार विद्यार्थीको लागि विभिन्न नाममा छात्रवृत्ति वितरण गरेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार पोखरामा आयोजित कार्यक्रममा समता शिक्षा निकेतन र आनन्दज्योति माविका करिब २ सय जना विद्यार्थीलाई करिब १२ लाख रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो । कुनै पनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १ सय ९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत १० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्व मन्त्री… पुरा पढौ

माघ २२ देखि पोखरामा ‘बिटी कप’

माघ ७ पोखरा, । बुद्धटोल युवा क्लबले माघको तेस्रो साता १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी २२ गते देखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने आज (शनिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । उनले क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा… पुरा पढौ

गण्डकी अटो मेकानिकल एशोसिएशनमा मिश्र

माघ ७ पोखरा । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनको १४ औं अधिवेशनले सन्तोष कुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा योगेन्द्रराज भण्डारी, उपाध्यक्ष कृष्ण बहादुर खाँड, महासचिव विष्णु प्रसाद अधिकारी, सचिव हिमाल तिमिल्सिना, कोषाध्यक्ष अर्जुन प्रसाद उप्रेति, सह कोषाध्यक्ष लिल बहादुर सुनार रहेका छन् । सदस्यहरुमा क्रमश एक बहादुर बानिया, जगन्नाथ गर्तौला, नवराज सुनार, हुमराज भण्डारी, जिरजोधन बैठा, सन्तोष राउत कुर्मी, निहाल अन्सारी, जय प्रकाश शर्मा रहेका छन् । अधिवेशनको शुभारम्भ गर्दै पोखरा… पुरा पढौ

पोखरा महोत्सवमा दर्शक बढ्दै

माघ ७ पोखरा । अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोवार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक ब्याक्तित्व तथा महिला उद्यमी समेत रहेकी लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छिन । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाईटेड… पुरा पढौ

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा

माघ ७ पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा करुणनीधि एजुकेसन फाउन्डेसन, सगरमाथा मावि, कास्की मोडनाइ र जेसिए प्रबेश गरेका छन् । केफले सगरमाथालाई पेनाल्टि सुट आउटमा हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । निधारीत २० मिनेटको समयमा एक एक गोल भएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । त्यसै गरी सगरमाथा ए ले लिटिल स्टेपलाई ५–३ गोल अन्तरले, माउन्ट अन्नपुर्णले कास्की मोडनाइजलाई ५–२ र जेसिएले सृजना सेकेन्डरी स्कुललाई… पुरा पढौ

टाइगर कप भलिबल भोलि, उद्घाटन खेलमा आयोजक गण्डकी र नेपाल पुलिस भिड्ने

माघ ७ पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को तयारी पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । आयोजकले शनिबार एक पत्रकार भेटघाट मार्फत तयारी पुरा भएको जनाएको छ । सो अवसरमा तयारी बारे जानकारी दिदैं संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले भोली माघ ८ गते आइतबार १ बजे एक भव्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री… पुरा पढौ

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित

काठमाण्डौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे । उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक… पुरा पढौ

उपकार बचतको रक्तदानमा ३९ युनिट रगत संकलन

पोखरा, माघ ७ । पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान तथा रक्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रक्तदान गर्दै आएको र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको संस्थाको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि, कार्यक्रमको शुभारभ्भ गर्दै “रक्तदान जत्तिको पवित्र कार्य अन्य… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

पोखरा, माघ ७ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नम्बर–२६ बरालडाँडाका हुन् । उनले पूर्व महान्यायाधिवक्ता रमेश बडालसँग मिलेर काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गर्दै आएका थिए । नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै सपथ लिएका छन् । उनलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीस डिल्लीराज आचार्यले सपथ गराएका थिए । सपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ,… पुरा पढौ

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

काठमाण्डौं । गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो । “निज प्रतिवादीलाई कानुन मबोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा… पुरा पढौ