समाचार

सङ्कटमा परम्परागत ढुङ्गाखानी

जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आएका उनले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आएका छन् । जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ । परम्परागतरूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा परेको हो । पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन्… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का… पुरा पढौ

विपन्नको घरमा जस्तापाताको छानो

खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे । परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर अहिले ती घरले रुपरङ बदलेका छन् । बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन् । गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या… पुरा पढौ

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पु¥याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ । रु १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन… पुरा पढौ

भेट्रान एट ए साइड फुटबल प्रतियोगिता माघ ३ बाट, विजेतालाई २ लाख पुरस्कार

पुस २९ पोखरा । पोखरामा एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको भेट्रान फुलबल प्रतियोगिता हुन लागेको हो । माघ ३ गतेदेखि पुरानो टुंडिखेल स्थित राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा प्रथम हिमालयन ब्रुअरी प्रा.लि तथा बाह्रौ संस्करणको एट ए साइड फुटबल प्रतियोगितामा देश–विदेशका गरि २४ फुटबल टिम सहभागी हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ । आयोजकले यस्ता किसिमको प्रतियोगिता संस्थागत रुपमा नेपाल मै पहिलो पटक आफुहरुले नै शुरुवात… पुरा पढौ

मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी

पुस २८ पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने “मगर सांस्कृतिक उत्सव–२०७९”को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिए । असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अभिनेत्री कविता आलेमगर र पत्रकार रूद्रबहादुर श्रीसमगरलाई सम्मान गरिन लागेको अध्यक्ष सारूमगरले जानकारी दिए । त्यसैगरी, कार्यक्रममा चर्चित कलाकारहरू ज्योति मगर, कुमार पुनमगर, गीता पाइजामगर र नवीन रानामगरलगायतका कलाकारको प्रस्तुती… पुरा पढौ

घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने

पुस २८ पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन भएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक… पुरा पढौ

खहरे आमा समुहमा पहारी

पुस २८ पोखरा । पोखरा ६ लेकसाइडमा रहेकोे खहरे आमा समुहको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले शान्ति पहारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समुहको वरिष्ट उपाध्यक्षमा अन्जना पहारी, दितिय उपाध्यक्षमा पार्वती पहारी, तृतिय उपाध्यक्षमा भागिरथि थापा, सचिवमा सचिप्रभा कोइराला, सहसचिवमा सिता पहारी, कोषाध्यक्षमा लता पहारी र सदस्यहरुमा साधना थापा, राधा कोइराला, मिना रानाभाट, यमुना पहारी, सत्य पहारी, मन्जु पराजुली र चन्द्रा पहारी सर्वसम्मत चयन भएका छन् । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश… पुरा पढौ

विपी स्मृति पुस्तकालय गण्डकी प्रदेश विधिवत दर्ता, अध्यक्षमा बास्तोला

पुस २८ पोखरा । विपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो । संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली कांग्रेस गण्डकी प्रदेशका पार्टी सभापति एवम् पुस्तकालयका संरक्षक शुक्रराज शर्मा, महामन्त्री एवम् संरक्षक विष्णुप्रसाद लामिछाने लगायतको उपस्थितिमा पुस्तकालयका अध्यक्ष एवम् नेपाली कांग्रेस गण्डकीका प्रवक्ता माधवप्रसाद बास्तोला मधुलाई हस्तान्तरण गरे । वी.पी.का राजनीतिक एवम् साहित्यिक दस्तावेजसँगै विभिन्न खोज तथा… पुरा पढौ

नेपाली कांग्रेस गण्डकीले विश्वासको मत बारे भोलि निर्णय गर्ने

पुस २८ पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीको वैठक आज सम्पन्न भएको छ । उक्त वैठकबाट विविध निर्णयहरु भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता तथा गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेलगायत अन्य प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो । वैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा विशेष छलफल भएको र उक्त छलफलबाट पुष २९ गते नेपाली कागे्रस गण्डकी प्रदेश संसदीय दलको वैठकमा महामन्त्रीले… पुरा पढौ