समाचार

पोखरामा बिक्रमभक्त जोशीको “चोभार ब्लुज” माथि परिसम्वाद

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको आयोजनामा शुक्रवार पोखरामा चोभार ब्लुज माथिको परिसंवाद सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रकाश सायमीले चोभार ब्लुजले नेपाली साहित्यमा नयाँ आयाम र अध्याय थपेको बताए । सायमीले कृति नामकरणमा आगन्तुक र वैदिक सनातन संस्कारले प्रभाव पार्दै आएको बेला बिक्रम भक्त जोशीको कृति यी दुवै अध्याय भन्दा अध्ययन र चिन्तनले माथि रहेको धारणा राखे । परिसंवादका सहजकर्ता साहित्यकार दीपक पराजुलीले चोभार ब्लुजका १९ वटा निकथा केन्द्रित विविध जिज्ञासा राखे… पुरा पढौ

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

काठमाडौ । नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्। गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।रासस पुरा पढौ

गण्डकीमा सभामुखको निर्वाचन भोलि

गण्डकी प्रदेश सभाको सभामुख शनिबार चयन हुने भएको छ । सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् । गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ । माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।… पुरा पढौ

खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगै समाजलाई सकारात्मक ऊर्जा भर्ने काम गर्छ : मेयर आचार्य 

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा १५ मा जारी वृहत खेलकुद महोत्सवको उद्घाटन गरेका छन् । बिहीबार वडावासीहरूको व्यापक सहभागिताका बिच मेयर आचार्यले वडा स्तरीय वृहत खेलकुद महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले अन्य कुरामा मानिसहरूका मतभेद रहेपनि, बिचार नमिलेपनि खेलकुदले सम्पूर्ण लाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए। उनले आज सबै जना एउटै झन्डा मुनि उभिएको भन्दै यसले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरे । मेयर… पुरा पढौ

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाडौ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५-१९… पुरा पढौ

‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप

काठमाडौ । खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो । राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो । आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत, विपक्षमा २७ मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभाका नवनियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएका हुन् । गण्डकी प्रदेश सभामा शुक्रबार गरिएको प्रस्तावमा उनले ३१ मतसहित विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सदस्यले विश्वासको मत दिए । विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७ सदस्यले मत हाले । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका एक जनाले ज्येष्ठ सदस्यको नाताले प्रदेश सभाको अध्यक्षता गरेकाले मत हाल्न पाएनन्… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछाने थुनामुक्त

काठमाडौ । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले… पुरा पढौ

चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता रु ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी… पुरा पढौ

लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेको छ । लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको बताए । उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र रू २० लाख धरौटी बुझाएपछि अदालतले थुनामुक्त गर्नका लागि पत्र लेखिदिने जानकारी दिए । सामान्यता प्रक्रिया पूरा गर्दा पनि लामिछानेलाई थुनामुक्त हुन दिउँसो चार बज्ने देखिएको… पुरा पढौ