समाचार

स्वस्थानी व्रतकथा सुरु

काठमाण्डौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गरेका हुन् । वैदिक सनातन धर्मावलम्बी पनि… पुरा पढौ

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको आदेशसँगै गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने भएको छ । “प्रत्यर्थी रवि लामिछानेमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुने योग्यता रहेको वा नरहेको भन्ने विवादित प्रश्न रहेको छ”, आदेशमा भनिएको छ, “यसरी उठाइएका प्रश्नहरूको छिटो छरितोरूपमा निवेदन उपर पूर्ण… पुरा पढौ

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१००… पुरा पढौ

लेखनाथवासीको आशा – विमानस्थल बन्यो अब विकास होला कि ?

पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् । तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार… पुरा पढौ

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौ । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएको छ । पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो । पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ ।… पुरा पढौ

अनुदानले २० हेक्टर क्षेत्रफल सिञ्चित

डुम्रे । सिँचाइको अभावमा तनहुँका धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । खेतीयोग्य जमिनको उपभोग गर्नुपर्छ भन्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरी उपयोग तथा त्यस्ता जग्गाको सदुपयोगमा जोड दिएको छ । सोहीअनुरुप प्रदेश सरकारले प्रदेश सर्शत अनुदानअन्तर्गत साना सिँचाइ कार्यक्रमले तनहुँमा सिञ्चित क्षेत्र बढाएको छ । तनहुँको म्याग्दे गाउँपालिका–७ पयर राधेटारीस्थित पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिले कृषि ज्ञान केन्द्रमार्फत पाएको अनुदानबाट खेतीयोग्य भूमि बढाएको छ । केही क्षेत्रफलका लागि मात्रै सिँचाइ हुने क्षेत्र अहिले ज्ञान केन्द्रको साना… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । त्यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो । ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन् । खासगरी यो ठाउँलाई गोठालाको… पुरा पढौ

अनुसन्धानमा आधारित शिक्षा आवश्यक : उपकुलपति अर्याल

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिएका छन । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गरे । लेखेर, घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै उनले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयका रजिष्ट्रार… पुरा पढौ

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी । गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताए । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ… पुरा पढौ

‘युवाका लागि बाख्रा गाउँ अभियान’ले ल्याएको समृद्धि

स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडाका रुक्मागत ढकालले बाख्रापालनबाट वार्षिक रु नौ लाख बढी आम्दानी गर्दै आएका छ । बजारमा खसी तथा बोकाको माग उच्च रहेको र बजारको माग धान्न नसकेको बुझेपछि आफूले पनि बाख्रापालन गर्ने निधोमा पुगेको उनले बताउछन । मासुका लागि स्थानीय बजारमा माग उच्च रहे तापनि आफूले २५ प्रतिशत पनि पु¥याउन नसकेको उनी दाबी गर्छन । खोर व्यवस्थापनको समस्याले गर्दा ७५ वटा साना ठूला बाख्रा उनी सँग अहिले छ । “खोरको व्यवस्थापनका कारण ७०–७५ भन्दा धेरै बाख्रा खोरमा राख्दिन”,… पुरा पढौ