समाचार

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए । “सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ । आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक… पुरा पढौ

मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिसमा अयार्शलाई दोहोरो उपाधि

पुस २३ पोखरा । पोखरामा शनिबार सम्पन्न दोस्रो मनुश्री ̸ भिग्नाजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा पोखराका अयार्शराज पौडेलले दोहोरो उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न यू–९ र यू–१० ब्वाइज सिंगल्समा अयार्शले दोहोरो उपाधि जितेका हुन् । यू–९ तर्फको खेलमा अयार्शले इभान भट्टराईलाई पराजित गरेका थिए भने यू–१० तर्फ विश्व डल्लाकोटीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । उपाधि संगै अयार्शले नगद ५ हजार र उपविजेता रहेका इभान र विश्वले… पुरा पढौ

पोखरा २८ द्वारा विकासका लागी विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव माग

पोखरा । पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान मेयर मान वहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सवै उकजुट भएर लाग्नुपर्ने बताउदै पोखरा महानगरपालिका २८ ले विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव मागेर राम्रो काम गरेको बताए । नेपाली काग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले पोखरा २८ को विकासको लागी कुनै दल,पार्टी नभनी… पुरा पढौ

संकटाले जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि

पोखरा, पुस २३ संकटा फुटबल क्लवले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाईनल भिडन्तमा भुटनिज युथ क्लव अमेरिकालाई ३–२ गोलअन्तरले हराउँदै संकटाले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको जितेको हो । यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको जियो । बिजेता संकटाले १२ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको भुटनिज युथ क्लबले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र… पुरा पढौ

जिसस महासंघ गण्डकी प्रदेश अध्यक्षमा कास्कीका पौडेल

जिल्ला समन्वय समिति महासंघ गण्डकीको अध्यक्षमा एमालेका लीलाधर पौडेल निर्विरोध चयन भएका छन् । दलीय भागवण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन भएका छन् । भागवण्डा अनुसार एमालेले अध्यक्ष र उपसचिवसहित ८ सदस्य, नेपाली कांग्रेसले सचिवसहित ४ सदस्य, माओवादीले उपाध्यक्ष र राप्रपाले कोषाध्यक्षसहित २ सदस्य पाएको जनाइएको छ । कोषाध्यक्ष पाएको राप्रपाले नाम नदिदा हाललाई सो पद खाली नै राखिएको छ । पुरा पढौ

भागवण्डामा टुंगियो जिसस महासंघको नेतृत्व, अध्यक्षमा कांग्रेसका मेहता

पोखरा, पुस २३ जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा नेपाली कांग्रेसका राजन मेहता (सुनसरी) चयन भएका छन् । महासंघको पोखरामा शनिबार सम्पन्न चौथो राष्ट्रिय परिषदले दलीय भागवण्डामा नेतृत्व टुग्याउँदै कांग्रेसका मेहतालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । भागवण्डा अनसार महासंघको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका लुम्बिनी गौतम, महासचिवमा नेकपा एमालेका अशोककुमार घिमिरे, उपमहासचिवमा नेकपा एकीकृत समाजवादीका दीपककुमार गौतम र कोषाध्यक्षमा जनता समाजवादी पार्टीका सनबहादुर राई चयन भएका छन् । महासंघको ३१ सदस्यमध्ये ३ सदस्य पछि मनोनित गरिने जनाइएको छ । २८ सदस्य… पुरा पढौ

जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन जारी गर्न जिसस महासंघको माग

पोखरा, पुस २३ जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन जारी गर्न माग गर्दै जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद सम्पन्न भएको छ । पोखरामा पुस २२ र २३ गते भएको महासंघको चौथो राष्ट्रिय परिषदले पोखरा घोषणा पत्र जारी गर्दै संविधानको धारा २२० अनुसार जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न संघ सरकारसँग माग गरेको हो । सो ऐनमा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था तथा यसको काम, कर्तव्य र अधिकार उल्लेख छ… पुरा पढौ

प्रतिभा माविका विद्यार्थीलाई नेतृत्व विकास तालिम

पोखरा, पुस २३विद्यार्थीमा नेतृत्व विकासको महत्व दिलाउन पोखराको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार विद्यार्थीका लागि एकदिने नेतृत्व विकास प्रशिक्षण दिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी उक्त प्रशिक्षणमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार हरेक सेक्सनबाट २ जना छात्रा र २ जना छात्र गरि ४ जनाका दरले प्रशिक्षणमा सहभागि गराइएको थियो । सबैगरि ३४ वटा सेक्सनबाट छानिएका विद्यार्थी प्रशिक्षणमा सहभागि थिए । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका ती विद्यार्थीलाई सत्संग प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष… पुरा पढौ

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

बाग्लुङ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधीका लागि सङ्कटा र भुटनिज युथ स्पोर्टस् क्लव भीड्दै

पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो । बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको… पुरा पढौ