समाचार

पोउवा संघले गर्‍यो बस्तुगत संघहरुलाई सम्मान

पोखरा । पोखरा उद्योग वाणिज्य संघले ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ सफल पार्न सघाउने बस्तुगत संघहरुलाई सम्मान गरेको छ । पुस १६ देखि २५ गतेसम्म पोखराको नयाँबजारमा आयोजित मेला सफल हुनुमा बस्तुगत संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै संघले बुधबार प्रशंसापत्रसहित ती संघ/संस्थाहरुलाई सम्मानित गरेको हो । संघ तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापति,निवर्तमान अध्यक्ष नारायण कोइरालासहितले बस्तुगत संघहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् । कार्यक्रमा बोल्दै अध्यक्ष प्रजापतिले बस्तुगत संघहरु पोखरा उद्योग वाणिज्य संघको खम्बा भएको र आउँदा दिनमा पनि… पुरा पढौ

टान गन्डकीको अध्यक्षमा पन्थी निर्वाचित

ट्रेकिङ्ग एजेन्सिज एसोसियेसन अफ नेपाल (टान)गन्डकीको १७औं अधिबेशन तथा २९औं बार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । उक्त सभाबाट धर्मराज पन्थी संस्थाको अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै संस्थाको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा दिवस लामिछाने सचिवमा तिर्थराज सुबेदी, कोषाध्यक्षमा मोहनप्रसाद सुवेदी र सहसचिवमा गोपाल कृष्ण संग्रौला निर्वाचित भएका छन् । दिपकप्रसाद सापकोटा, माधबकुमार खनाल, प्रकाश पौडेल, भुपेन्द्र कुमार लामा , सुरज गुरुङ र बिश्वराज अधिकारी सदस्यमा चुनिएका छन् । पुरा पढौ

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि सो संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन् । भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा… पुरा पढौ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए । बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए । उनले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन… पुरा पढौ

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ । सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गरे । उनलाई कदरस्वरुप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिक (रु सत्तरी हजार सात सय ३० ) सहित सम्मान गरेका हुन ।त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको… पुरा पढौ

पशुपतिशमशेर जबराले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउदै

काठमाडौ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन् । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए । बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए । उनले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभा बैठक सुरु भएर… पुरा पढौ

पोखरा महोत्सव पुस अन्तिम सातादेखि

पोखराको चर्चित पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको एघारौं संस्करण पुस २७ गतेदेखि माघ ९ गतेसम्म हुने भएको हो । पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको क्लवले स्थापना कालदेखि नै महोत्सव गर्दै आएको छ । रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को बेटर होम एप्लायन्सको मुख्य प्रायोजन,… पुरा पढौ

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन । लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएका पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।रासस पुरा पढौ

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन। काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन । मन्त्री पौडेल र विश्वविद्यालयका उपकुलपति डा भोला थापाको उस्थितिमा तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । तामिलनाडू, आन्ध्र प्रदेश तथा तेलङनास्थित उच्च… पुरा पढौ

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुनुहुन्छ । नागरिकताको प्रमाणपत्र अनुसार, उहाँको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद… पुरा पढौ