समाचार

‘टुर दी पोखरा’ भोलिदेखि, कार्यक्रमको सम्पूर्ण तयारी पूरा

पोखरा । साइकल संस्कृति बसाउन पोखरामा बुधबारबाट शुरु हुने छैटौं संस्करणको ‘टुर दी पोखरा’ को सम्पूर्ण तयारी पूरा भएको छ । साइकल सिटी पोखराको आयोजनामा ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ त्रिदिवसीय कार्यक्रमका शुरु लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार पहिलो दिन भोलि दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता–२०१९ हुने साइकल सिटी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए । पोखरा महानगरपालिकासँगको सहकार्यमा महिला, पुरुष र ४० वर्ष माथिको गरेर तीन ईभेन्टमा प्रतिष्पर्धा… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपलाई चरक मेमोरियल हस्पिटलको साथ

पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकपमा चरक मेमोरियल हस्पिटलले सह उप–प्रायोजन गर्ने भएको छ । सहारा क्लव पोखराको आयोजनामा यही पुस १४ गतेबाट सञ्चालन हुने मोफसलकै उत्कृष्ट आहा ! रारा पोखरा गोल्डकपमा पोखरा ८ नागढुंगामा अविस्थत चरक मेमोरियल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रतियोगितालाई सफल बनाउ सह उपप्रयोजन गर्ने समझदारी भएको हो । मंगलबार आयोजक क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ र हस्पिटलका निर्देशक कपिल पोखरेलले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्रतियोगिता सफल बनाउन… पुरा पढौ

अंगरक्षा तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न

पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले विद्यार्थीलाइ लक्षित तालिममा सिकेको सिपलाइ व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे । उक्त अवसरमा वडा नं ३२ का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा… पुरा पढौ

पूरा हुँदै पोखरेलीको सपना

पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ । यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले राससलाई जानकारी दिनुभयो । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उहाँले बताउनुभयो । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “हामी उडानको… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर… पुरा पढौ

‘राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति’

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससजस्तो संस्थाको पहिलो दायित्व जनताप्रति नै हुने बताएका छन। नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आज यहाँ आयोजित वार्षिक साधारण सभामा उहाँले नेपालको समाचार नेपालीको रासस अभियान चलाउनुपर्नेमा जोड दिए । “व्यवस्थापनले समाचारको गुणस्तरीयता वृद्धिमा ध्यान दिएको छ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला राससले २४ सै घण्टे सेवा पूरा गरेको छ, पत्रकारिता सामूहिक कार्य भएकाले त्यसअनुरुप काम गर्ने वातावरण बनाएका छौँ”, महासङ्घको पूर्वध्यक्षसमेत रहेका कार्यकारी अध्यक्ष झाले भने । रासस सञ्चालक समितिबाट विनियम… पुरा पढौ

सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन

नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भने, “अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उनलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।” कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।… पुरा पढौ

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो । भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन निर्माण हुनु गाउँपालिकाको लागि पनि गौरवको विषय भएको भन्दै यसका लागि थप सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई… पुरा पढौ

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ । प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै… पुरा पढौ

लेखनाथ महोत्सव विहीबारदेखि

पोखरा, पुष ५ पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो । सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा राष्ट्रिय वाणिज्य बैंकको सह–प्रायोजनमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार… पुरा पढौ