समाचार

समानुपातिकतर्फ एकीकृत समाजवादीको कट्यो २ लाख मत

नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ। माधव कुमार नेपाल नेतृत्वको ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो। सम्पन्न निर्वाचनबाट थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने उद्देश्य एकीकृत समाजवादीले लिएको छ। पुरा पढौ

इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका खड्काले २९ हजार ९० मत प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत पाएको निर्वाचन… पुरा पढौ

कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी

पोखरा ।नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका भएका छन् । युनियनको शनिबार पोखरामा सम्पन्न सातौं अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित भएका छन् । यस्तै अधिबेशनले सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल,सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ्ग, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ ।… पुरा पढौ

पोखरामा व्यापार मेलाका लागि करिब ७५ प्रतिशत स्टल बुकिङ

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् । यही मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलामा डोम तथा साधारणतर्फका गरी करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा २५० को हाराहारीमा स्टलहरु रहेको जानकारी दिँदै उनले भने,‘ गण्डकी क्षेत्रका उद्योगी/व्यवसायीहरुको उत्पादन तथा नवप्रवर्तनलाई बढावा दिने खालका सामग्रीहरुको लागि हामीले विशेष… पुरा पढौ

इलाममा भूकम्पको धक्का

काठमाण्डौं । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ । केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए । रासस पुरा पढौ

ढिकालेथर आमा समुहको अध्यक्षमा आचार्य

पोखरा । पोखरा १२ स्थित ढिकालेथर आमा समुहमा शोभा आचार्यको अध्यक्षता नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समुहको पोखरामा शनिबार सम्पन्न ११औं साधारणसभा तथा पाँचौ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समुहको उपाध्यक्षमा अञ्जु श्रेष्ठ, सचिवमा सिता दाहाल र कोषाध्यक्षमा लक्ष्मी बस्नेत छानिएका छन्। त्यस्तै सदस्यहरुमा सरस्वती कार्की, चन्द्रा आचार्य,तिलकुमारी के सी, सिता आचार्य,बिमला आचार्य, सन्ध्या केसी र पार्वती केसीलाई चयन गरिएको सचिव सिता दाहालले जानकारी दिइन् । यसअघि अधिवेशनको वडा नं १२ का वडा… पुरा पढौ

निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ । साधारणसभाले गत आव २०७८/७९ कोे वित्तीय विवरणसहितको सञ्चालक… पुरा पढौ

चुनावमा धाँधली भएको नेकपा ए स का नेता खनालको आरोप, पुन मतदानको माग

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।”उनले निर्वाचन ऐनअन्तर्गत त्यो… पुरा पढौ

अस्ट्रेलियासँग ट्युनिसिया १ – ० ले पराजित

एजेन्सी । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो । यस जितसँगै अस्ट्रेलियाले ३ अङ्क जोडेको छ । अस्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग पराजित भएको हो । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै… पुरा पढौ

‘पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ : पहारी

पोखरा । गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गरे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ… पुरा पढौ