समाचार

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न: डा कोइराला

कावासोती । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन् । चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए । त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व… पुरा पढौ

६ सयले बढ्यो सुनको मूल्य

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले बढेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य आइतबार ५ रूपैयाँले बढेर १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर… पुरा पढौ

नेपाल–भारत सीमानाका बन्द गरिने

जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन,… पुरा पढौ

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् । पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिए । कोरोनाका… पुरा पढौ

अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्ग छिन् । उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा छिन् । निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ । “मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ”, उनले भनिने्, “चौर भएको ठाउँमा ह्वीलचियर… पुरा पढौ

एपीएफ क्लबले उचाल्यो पीएम कप क्रिकेटको उपाधि

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। उपाधिसँगै एपीएफले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता बनेको आर्मीले ५ लाख पुरस्कार जित्यो। सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेस प्रदेशले ५०/५० हजार प्राप्त गरे। विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा झारिएको थियो। खेलमा आर्मीले एपीएफलाई जितका लागि १८० रनको लक्ष्य दिएको थियो।… पुरा पढौ

मध्य सोमालिया क्षेत्रमा १२ विद्रोहीको मृत्यु

सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रतिआक्रमणमा अल शबाबका १२ जना लडाकूको मृत्यु भएको छ। रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा विद्रोहीले आक्रमण गर्नेबारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउँन प्रतिआक्रमण गरेको थियो। बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीनजना सैनिकलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन्। हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजीका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ। रासस/सिन्ह्वा पुरा पढौ

इजिप्टमा मिनिबस दुर्घटना, २१ जनाको मृत्यु

उत्तरी इजिप्टको नाइल डेल्टामा मिनिबस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। शनिबार मिनीबस पल्टिँदा कम्तीमा २१ जनाको मृत्यु भएको संचारमाध्यमहरुले समाचार लेखेको छ। मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको थियो। उक्त मिनिबसमा अन्दाजी ३५ जना सवार रहेको समाचारमा जनाइएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारी डा. शेरिफ मकीनकाअनुसार मृतकमध्ये ३ बालबालिका छन्। घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन्। इजिप्टका संचारमाध्यमले प्रारम्भिक अनुसन्धानपछि स्टेरिङ ह्विलमा खराबी आएका कारण दुर्घटना भएको बताइएको… पुरा पढौ

अबको दशक विकासको: दीपक

संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन्। संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको बताउँदै उनीहरुले ती विकृति सच्चायाएर अबको युगको नेतृत्व गर्ने वाचा गरेका छन् । कास्की १ (१)मा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले अबको दशकमा देश विकासको गतिका निकैअघि बढ्ने जनाए। नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कोइराला गण्डकी प्रदेशमा सोही क्षेत्रबाट अघिल्लो निर्वाचनमा चुनिएका थिए। कोइरालाले भने, ‘हामीले अनेक उतारचढावका बीच व्यवस्था बदल्यौं,… पुरा पढौ