समाचार

विश्व मधुमेह दिवस

आज अंग्रेजी नोभेम्बर महिनाको १४ तारिक अर्थात विश्व मधुमेह दिवस। इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आब्हनमा विभिन्न कार्यक्रम गरी आजको दिनमा मधुमेह दिवस मनाइन्छ। सन् १९९१ देखि आज अर्थात् १४ नोभेम्बरमा विश्वभर विश्व डायबेटिज दिवसका रुपमा मनाउन थालेका हुन्। इन्सुलिनको आविष्कारक डा फ्रेडरिक ग्रान्टको जन्मदिनको अवसरमा यो दिवस मनाइन्छ। ग्रान्टले चाल्र्स बेस्टसँग मिलेर एक सय वर्ष पहिले सन १९२२ मा इन्सुलिनको खोजी आविष्कार गरेका थिए। त्यसैले यो दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउन थालिएको हो। यो वर्षको मधुमेह… पुरा पढौ

“लक्का जवान” चलचित्र लण्डनमा प्रदर्शन

पोखरा । नेपाली चलचित्र लक्का जवान आइतवार लण्डनमासाउथ ह्यारोको गोल्डेनसिप रेष्टुरेन्टमा पहिलो शो सम्पन्न भएको छ । चलचित्र लक्का जवानको निर्मात्री र कलाकार तथा बाल्टिमोर नेपाली समाजको पूर्व प्रेसिडेन्ट अनुशिया वन्त श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक कथामा आधारित चलचित्र हेरी दर्शक भाबुक बनेको दर्शकको रुपमा सहभागि कान्ति गुरुड. श्रेष्ठले बताए ।वृद्ध मानिसको जीवनकथामा आधारित चलचित्र ‘लक्का जवान’लाई शिवहरि पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु चलचित्र हो । कमेडी जनरामा निर्माण गरिएको यस चलचित्रमा प्रियंका कार्की,… पुरा पढौ

काहुँ डाँडामा गुरुयोजना सहितको विकास ल्याउछु : थापा

पोखरा । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् । गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् । थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण,… पुरा पढौ

बागलुङका ८५ वटै वडामा मतदाता शिक्षा तीव्र

गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा बागलुङमा ठूलो सङ्ख्यामा मत बदर भयो । यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर–घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन् । मतदाता शिक्षा पाएपछि मत बदर नहुनेमा मतदाता विश्वस्त छन् । बागलुङ नगरपालिका–१ रामरेखाका ८९ वर्षीय मनवीर रोकाले यसअघिका चुनावमा नेता कार्यकर्ताहरु आएर सिकाउनेजस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताए ।… पुरा पढौ

मजदुर आन्दोलनबाट उदाएका एमाले उम्मेदवार दामोदर वैरागी, यस्ता छन् प्राथमिकता

पोखरा । १३ वर्षको हुँदा कम्युनिष्ट पार्टीमा लागेका दामोदर पौडेल बैरागीको पछिल्लो चार दशक मजदुर, किसान, उत्पीडित श्रमजीवी वर्गको अधिकारको पक्षमा लाग्दालाग्दै बित्यो । जीवन नै मजदुर श्रमजीवी वर्गको आन्दोलन र पार्टीका लागि सुम्पेका उनले पहिलो पटक संसदीय चुनाव लड्न लागेका छन् । आगामी ४ मंसिरको चुनावमा ५६ वर्षीय दामोदर कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुन् । को हुन् दामोदर ? दामोदर कास्कीमा पार्टीका लागि निकै संघर्ष गरेका कम्युनिष्ट नेतामध्येका एक हुन् । २०२३ साल… पुरा पढौ

गठबन्धनको प्रतिबद्धता: पोखरामा सेटलाइट टाउन निर्माणको पहल

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ । यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ ।… पुरा पढौ

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

काठमाडौ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त ९मौन० अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर… पुरा पढौ

साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार… पुरा पढौ

‘केन्द्रमा पहुँच राखेर विकास ल्याउन सक्ने कास्केली नेता रामजीप्रसाद बराल’

पोखरा, कात्तिक २७ चुनावमा नेताले जेपनि बोल्छन् । आश्वासनका पोका बाँढ्छन् । तर जितेर गएपछि जनताको घरदैलोमा फर्किएर आउँदैनन् । चुनावताका गरेका वाचाहरु पूरा गर्दैनन् । यस्तो हुनुमा चुनाव जित्ने उम्मेदवारको मात्रै दोष हुँदैन । जनतालेपनि सहि उम्मेदवार छनौट नगर्दाको परिणाम हो । किनकी जनताले आफ्नो उम्मेदवार छनौट गर्दा विगतको उसको ईतिहास र वर्तमान अवस्थामा उसको नेतृत्वसँगको पहुँचपनि हेरिनुपर्छ । अहिलेपनि चुनाव नजिकिदो छ । उम्मेदवारहरु विकासका ललीपपहरु बाँढिरहेका छन् । तर दलका शीर्ष नेतृत्वसँग पहुँच राख्ने उम्मेदवार कमैमात्र छन्… पुरा पढौ

करेन्ट लागेर भैँसी मरे

जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए । घट्ना पश्चात तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार रु चालिस हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए… पुरा पढौ