समाचार

दमौलीमा कस्मेटिक पसलमा आगलागी

तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ ।व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । उक्त पसल केही महिनाअघि रु ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब रु७० लाखको क्षति भएको उनको दाबी छ । आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकामा शुभकामना आदान–प्रदान

नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाले नेपालीहरुको महान पर्व तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाका अध्यक्ष चन्द्रमणि अधिकारीले तिहार तथा छठ पर्वको शुभकामना दिँदै नेराशिसंको स्थापना शिक्षकको हकहित र अधिकारका लागि मात्र स्थापना नभएको बताए। उनले गुणस्तरीय शिक्षा र शैक्षिक सुशासनका लागि पनि नेराशिसंको स्थापना भएको उल्लेख गरे। आफ्नो कर्मथलोमा क्रियाशीलता पूर्वक जिम्मेवारी निर्वाह गर्न शिक्षकसमक्ष अधिकारीको आग्रह थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी, पेशागत महासंघ… पुरा पढौ

लेखक सलमान रुस्दीको एउटा आँखाको ज्योति गुम्यो

विश्व प्रसिद्ध तथा विवादास्पद लेखक सलमान रुस्दीको एउटा आँखाको ज्योति गुमेको छ। उनका एजेन्टका अनुसार गत अगस्टमा अमेरिकाको न्यूयोर्कमा एउटा कार्यक्रममा सहभागी भएका बेला अचानक एक व्यक्तिले छुरा प्रहार गरेपछि सलमानको एउटा हात पनि नचल्ने अवस्थामा पुगेको छ। न्यूयोर्कस्थित एजेन्ट एन्द्रयु विलीले स्पेनको अखबार एल पेइसलाई भनेका छन्, ‘सलमानको अनुहारमा करिब १५ वटा भन्दा बढी घाउ छन्। घाँटीमा ३ वटा गहिरो घाउ छन्। पाखुराको नसा काट्नु परेकाले उनको एउटा हात चल्दैन। उनीमाथि निर्मम आक्रमण भएको थियो। तर, सलमान अहिले कहाँ… पुरा पढौ

बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु

बंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ। चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रुखहरू ढल्दा एकै परिवारका ३ सदस्यसहित कम्तीमा ७ जनाको ज्यान गएको हो। हताहतीपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो। राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ। कक्स बजार तटबाट हजारौँ मानिस र पशु धनलाई सुरक्षित क्षेत्रमा लगिएको छ। कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ… पुरा पढौ

म्यानमारमा जातीय लडाकु लक्षित हवाई हमलामा ५० जनाको मृत्यु

म्यानमारको सबैभन्दा ठूलो जातीय लडाकु समूहहरूलाई लक्षित गरी सरकारी फौजले सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। अन्य करिब १ सय जना घाइते भएको संचार माध्यमहरुले जनाएका छन्। काचिन इन्डपेन्डेन्स आर्मी (केआईए)का प्रवक्ता कर्णेल न बुले बीबीसीलाई मृतकको संख्याबारे जानकारी गराएका हुन्। प्रत्यक्षदर्शीहरूका अनुसार उत्तरी म्यानमारको काचिन राज्यको कान्सी गाउँमा केआइएले आयोजना गरिरहेको एउटा सांगीतिक कार्यक्रममा विमानबाट ३ वटा बम खसालिएको थियो। गाउँलेहरूले उक्त हवाई आक्रमण गरिनुअघि कुनै पूर्वचेतावनी नदिइएको बताएका छन्। लडाकु सेनाको स्वायत्तता अभियानको ६२… पुरा पढौ

केन्यामा पाकिस्तानी पत्रकारको गोली हानी हत्या

चर्चित पाकिस्तानी पत्रकार अरसाद सरिफको आइतबार केन्यामा गोली हानी हत्या भएको छ। सरिफको हत्या भएपछि अनुसन्धान सुरु गरिएको छ। प्रहरीको प्रारंभिक अनुसन्धान प्रतिवेदनअनुसार पहिचानमा गल्ती भएकाले सवारी साधनमा गइरहेका उनलाई सरकारी अधिकारीहरुले नै गोली चलाएका हुन्। पाकिस्तानी सेनाका विरोधी रहेका सरिफ पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानका कट्टर समर्थक हुन्। आफूमाथि अनावश्यक प्रताडना दिइएको गुनासो गर्दै ४९ वर्षीय सरिफले गत अगस्टमा पाकिस्तान छाडेका थिए। केन्या आइपुग्नुअघि उनी बेलायत र दुबईमा बसेका थिए। तर, उनी पूर्वी अफ्रिकी मुलुक केन्यामा के गरिरहेको भन्ने… पुरा पढौ

भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको २ महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट सुनक प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनकको भाग्योदय भएको हो। लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन्। मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि लिज ट्रसले चर्को आलोचना खेप्नु परेको थियो। साथै लिज ट्रसको कार्यकालमा बेलायतको मुद्रा अवमूल्यन भएको थियो। गत बिहीबार उनले… पुरा पढौ

पद‚ पैसा र प्रलोभनबाट चुनाब प्रभावित हुनुहुँदैन: थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन्। दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना गरेका छन्। ‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता… पुरा पढौ

७० प्रतिशत मतपत्र छपाइ सकियो, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी

आगामी मंसीर ४ मा हुने संसदीय निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाई सम्पन्न भएको छ। प्रत्यक्षतर्फ मात्र १ करोड ६७ लाख ५०० मतपत्रको छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन्।समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको छ। आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन्। यी… पुरा पढौ

ट्रयाक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डवखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महीना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो । अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महीना सञ्चालनका लागि स्तरोन्नतिको काम शुरू भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करीब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयवासी समेत खुशी भएका छन् । ट्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो । यो सडकको २०६३ सालमा ट्याक खुलेको थियो ।… पुरा पढौ