समाचार

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन

पोखरा महानगरपालिकाले महानगर क्षेत्रका फेन्सी पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा फेन्सी पसलमा अनुगमन गरिएको हो। पोखरामा खाद्यान्न, तरकारी, फलफूल, होटललगायत क्षेत्रमा अनुगमन हुने गरेपनि फेन्सी पसलमा भने महानगरले पहिलोपटक अनुगमन गरेको हो। फेन्सी पसलमा ग्राहकहरू ठगिएको गुनासो आउने गरेकाले अनुगमन गरिएको महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिएका छन्। अनुगमनका क्रममा व्यवसाय दर्ताविना संचालन भएको, दर्ता भएपनि नवीकरण नभएको र खरीद बिल नभएको पाइएको सदस्य… पुरा पढौ

अधिकारी समाज कास्की इकाई समितिद्वारा रक्तदान

अधिकारी समाज कास्की ईकाई समिति पस्र्याङले शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो। पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदानको उद्घाटन गरिएको थियो। कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसंचारका प्रमुख अर्जुन ज्ञवालीलगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की ईकाई… पुरा पढौ

‘देश चिनाउने खेल’– पहारी

कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजीव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन्। पोखरा–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको आयोजनामा शनिवारबाट सुरु भएको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान सांसद पहरीले यस्तो बताएका हुन्। अन्तर्राष्ट्रियस्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकोले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए। आगामी निर्वाचनको प्रसंग जोड्दै उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए। आफूले अघिल्लो कार्यकालमा थालनी गरेका… पुरा पढौ

आदर्श बचत तथा ऋण सहकारीमा बराल

पोखरा–१३ आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा आगामी कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। सहकारीको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सुर्यप्रसाद बराल र कोषाध्यक्षमा बसन्तराज बराल निर्वाचित भएएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यहरुमा घनश्याम बराल, यज्ञप्रसाद बराल, तारानाथ सिग्देल, अनिता पहारी र लक्ष्मी सुबेदी बराल चुनिएका छन्। सहकारीको लेखा समिति संयोजकमा कृष्णराज बराल तथा सदस्यहरुमा कृष्णप्रसाद बराल र सन्तोष बराल सर्वसम्मत निर्वाचित भएका छन्।… पुरा पढौ

पहिलो वर्षमै लय समातेको ‘मानशा सहकारी’

पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ। पोखरा १७, बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ।यस्तै, ९१ लाख शेयर पूँजी बढाई २ करोड पुर्‍याउने लक्ष्य पनि राखेको छ। सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पुर्‍याउने र ऋण रकम पनि ४ करोड ६० लाख… पुरा पढौ

पोखरा–३१ मा एमालेको ११०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन

पोखरा महानगरपालिका–३१ मा नेकपा एमालेको ११०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ। आगामी मंसीर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरेको हो। कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्न एमालेलाई जिताउनुको विकल्प नभएको बताए। उनले एमाले दु:खी र गरिवको पार्टी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पार्टी… पुरा पढौ

यम पञ्चक सुरु

आज कृष्ण त्रयोदशी अर्थात आजदेखि यमपञ्चक सुरु। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ। चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म ५ दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो ५ दिनको अवधिलाई यमपञ्चक भनिन्छ। यम यातनाबाट मुक्ति पाउन आजैदेखि घर–घरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ। यमदीप दान बेलुकी गर्ने प्रचलन छ। यस… पुरा पढौ

ड्याम साइड क्लबको तिहार विशेष साँस्कृतिक साँझ भोलि

पोखरा । ड्याम साइड क्लवले एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठलाई सम्मान गर्ने भएको छ । पोखरा–१७ मा रहेको क्लवले तिहारको अवसरमा आइतबार आयोजना गर्ने तिहार विशेष साँस्कृतिक साँझका अवसरमा एभरेस्ट एफएमका कार्यकारी निर्देशक तथा एभरेस्ट आवाज डटकमका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष श्रेष्ठलाई सम्मान गर्ने भएको हो । पत्रकार श्रेष्ठलाई १५ हजार पाँच सय ५५ नगर सहित सम्मान गरिने प्रतिभा छनौट समितिका संयोजक केशवराज बरालले जानकारी दिए । यसअघि संस्थाले पाँचौं संस्करणमा पर्यटनविज्ञ हरिध्वज तुलाचनलाई सम्मान गरेको थियो… पुरा पढौ

ताङले लौसीबोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा । ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले अब्बल सहकारी बन्ने दावी गरिएको हो । सहकारीका अध्यक्ष क्याप्टेन मनबहादुर गुरुङको अध्यक्षतामा भएको सभा उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उत्साहजनक ढंगबाट सहकारी अघि वढेको बताइन् । बाँझो जमीनलाई उपयोग गरेर वैकल्पिक नगदेवालीको खेती गर्दै अघि बढ्न सुझाव दिइन । उनले… पुरा पढौ

सृजना महिला सहकारीको २० औं साधारण सभा सम्पन्न

पोखरा । सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको २० औं साधरण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै केन्द्रिय बचत संघका महासचिव दामोदर अकिारले सहकारीको विकासमा शेयर सदस्यहरुनै प्रमुख रुपमा लाग्नुपर्नेमा जोड दिए । सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले महिला उद्यमशिलताका लागि सहकारी मार्फत महिलाहरुलाई नेतृत्व विकास गराउनु पर्ने बताए । संस्थाका अध्यक्ष शुष्मा पहारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष छविलाल लामिछाने , जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल, जाल्पादेबी बहुउद्देश्ययीय बिकास समितिका अध्यक्ष विश्व… पुरा पढौ